कारोबार


एनएमबी बैंकद्वारा रुपन्देहीको तिलोत्तमा पार्कमा वृक्षरोपण

एनएमबी बैंकद्वारा रुपन्देहीको तिलोत्तमा पार्कमा वृक्षरोपण

नेपालखबर
साउन १८, २०८२ आइतबार १४:४१, काठमाडौँ

एनएमबी बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित तिलोत्तमा पार्कमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ। पार्कमा ड्र्यागन फ्रुट, अम्बा, आप, लिचि, कटर लगायत करिब दुइ सय फलफुलका विरुवा रोपिएको हो।  

एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले बिरुवा रोपरे वृक्षरोपण कार्यक्रमको सुरुवात गरेका थिए। उनले एनएमबी बैंक दिगो विकास अन्तरगत वातावरण मैत्री  र पर्यावरण संरक्षणको लागि प्राथमिकता राखेर काम गरिरहेको बताए।

 जलवायु परिवर्तनको असरबाट पर्ने नकारात्मक प्रभावबाट जोगिन एनएमबी बैंकले मुलुकका सातै प्रदेशमा वृक्षरोपण तथा वातावरण सरसफाइका अभियानहरु  निरन्तर गरिरहेको बताए। उनले हरित अर्थतन्त्र वा ‘ग्रिनोमिक्स’ अर्थात  वातावरणमैत्री, दिगो र समावेशी विकासलाई प्राथमिकता दिने गरि एनएमबी बैंकका सम्पूर्ण बैंकिङ्ग कारोबार तथा  कर्जा लगानीहरु गरेको बताउदै नेपालको आर्थिक वृद्धिसँगै पर्यावरणको संरक्षण, स्वच्छ ऊर्जाको प्रवर्द्धन तथा जलवायु अनुकूललाइ एनएमबी बैंकले आत्मसात् गरेको उल्लेख्य गरे।

तिलोत्तमा वाड नम्बर ६ का अध्यक्ष गणेश पाठकले एनएमबी बैंकले तिलोत्तमा नगरपालिकाको तिलोत्तमा पार्कलाइ छ्नौट गरि वृक्षरोपण गरेको आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा राख्दै धन्यवाद ज्ञापन गरे।

तिलोत्तमा पार्कका अध्यक्ष दिपक पाठकले तिलोत्तमा नगरपालिकामा रहेको तिलोत्तमा पार्कलाइ उत्कृष्ट र सबैको आकर्षणको केन्द्र बनाउने अभियानमा आफुहरु लागेको जानकारी दिए।

एनएमबी बैंकले हाल देशभर २०२ शाखाहरू, १८७ एटीएमहरू र ९ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad