सभामुख देवराज घिमिरेले जलवायु परिवर्तनले पारिरहेको असर सम्बन्धमा नेपालको संसद्को तर्फबाट आगामी भदौ २ र ३ गते अन्तर्राष्ट्रिय सम्मेलन गर्ने बताएका छन्।
संसद्मा सभामुखहरुको छैटौं विश्व सम्मेलनमा सहभागी भइ आइतबार स्वदेश फर्किएका सभामुख घिमिरेले यसबारे जानकारी गराएका हुन्। जलवायु परिवर्तनले पारिरहेको असरलाई लिएर नेपालको संसदको तर्फबाट भदौको २ र ३ गते अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको बताए।
‘हामीले जलवायु परिवर्तनले पारिरहेको असरलाई लिएर नेपालको संसद्को तर्फबाट भदौको २ र ३ गते अन्तर्राष्ट्रिय सम्मेलन गर्नेछौँ, त्यसको बारेमा पनि कुराकानी भयो,’ ओलीले भने, ‘आइपीयूका अध्यक्षसँग पनि आउँदो जनवरी, ३० र ३१ मा एउटा एसिया प्यासिफक क्षेत्रको जलवायुका असरहरुसँग सम्बन्धित एउटा कार्यक्रम आइपीयूकै अयोजनामा काठमाडौँमा सञ्चालन गर्न गइरहेका छौँ। त्यसको तयारीको सन्दर्भमा पनि सल्लाह भयो। छलफल भयो। यसपालिको बैठक विश्वभरका संसद्का प्रमुखहरुसँगको छलफल भेटघाट, दुई पक्षीय भेटघाटका बारेमा पनि छलफल भयो।’
सभामुख घिमिरेले अन्तर व्यवस्थापिका संघ(आइपीयू) र संयुक्त राष्ट्रसंघद्वारा संयुक्त रूपमा आयोजित सम्मेलनमा सहभागी हुन ३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभामुख घिमिरे ११ साउनमा जेनेभा प्रस्थान गरेका थिए।
Shares

प्रतिक्रिया