सुदूरपश्चिम प्रदेश सरकारका २ मन्त्री सवार सरकारी गाडी आपसमा ठोक्किँएका छन्।
मंगलबार कैलालीको लम्कीमा भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्की सवार गाडी मंगलबार एकआपसमा ठोक्किँएका हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी राजकुमार सिंहका अनुसार दुर्घटना हुँदा गाडीमा क्षति पुगेको छ। अन्य मानवीय क्षति हुनबाट जोगिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गर्न चिसापानी गइरहेका बेला मन्त्रीद्वय सवार बा २ झ १४१९ र से १ झ ३३० नम्बरका सरकारी गाडी एक आपसमा ठोक्किएको हुन्।
2.0k
Shares

प्रतिक्रिया