कारोबार


सूर्य नेपालले बारामा सञ्चालन गर्‍यो मोबाइल स्वास्थ्य क्लिनिक, घरमै स्वास्थ्य सेवा र नि:शुल्क औषधि पाइने

सूर्य नेपालले बारामा सञ्चालन गर्‍यो मोबाइल स्वास्थ्य क्लिनिक, घरमै स्वास्थ्य सेवा र नि:शुल्क औषधि पाइने

नेपालखबर
असार ३०, २०८२ सोमबार १६:२४, बारा

सूर्य नेपाल प्रालिले बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा मोबाइल हेल्थ क्लिनिक कार्यक्रम सञ्चालनमा गरेको छ। 

सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले ‘सूर्य नेपाल आशा’मार्फत यो सेवा सुरु गरेको हो।

कम्पनीका अनुसार मोबाइल स्वास्थ्य क्लिनिकले ग्रामीण बासिन्दालाई नि:शुल्क स्वास्थ्य सेवा र औषधि वितरण गर्नेछ।

स्वास्थ्य टोलीमा एक जना चिकित्सक, नर्स, फार्मासिस्ट, रेडियोलोजिस्टलगायत अन्य स्वास्थ्यकर्मी पनि सहभागी हुँदै छन्।

स्वास्थ्य परीक्षणअन्तर्गत विभिन्न स्वास्थ्य जाँच, प्राथमिक उपचारलगायतका सेवा प्रदान गरिन्छ भने सेवा प्राप्त गर्ने व्यक्तिहरुलाई आवश्यक औषधि समेत निःशुल्क वितरण दिइएको कम्पनीले उल्लेख गरेको छ।

सूर्य नेपाल प्रालिको सहयोगमा एक गैरसरकारी संस्थामार्फत सञ्चालन भइरहेको यो मोबाइल हेल्थ क्लिनिक प्रत्येक हप्ता जीतपुरसिमरा क्षेत्रका विभिन्न गाउँहरुमा पुग्नेछ। 

सूर्य नेपाल प्रालिले आशा, प्रकृति, आधारशिला र गाथाअन्तर्गत शिक्षा, स्वास्थ्य, जीविकोपार्जन, सीपमूलक तालिम, वातावरण संरक्षण, स्थानीय पूर्वाधार निर्माण तथा नेपाली कला, साहित्य र संस्कृति संरक्षणका क्षेत्रमा आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad