कारोबार


डीएस ग्रुपको क्याच मसला नेपाली बजारमा

डीएस ग्रुपको क्याच मसला नेपाली बजारमा

नेपालखबर
असार २७, २०८२ शुक्रबार १२:२१, काठमाडौँ

भारतको प्रमुख एफएमसीजी समूह र मल्टी-बिजनेस कर्पोरेसन धर्मपाल सत्यपाल ग्रुप (डीएस ग्रुप) अन्तर्गतको ब्रान्ड क्याच स्पाइसेसले नेपालमा पनि आफ्नो मसलाहरू ल्याउने भएको छ। 

क्याच स्पाइसेसले ब्रान्डअन्तर्गतका स्ट्रेट मसला, विविध मिश्रित मसला, पेस्ट तथा साबुत मसला नेपालमा पनि ल्याउनलागेको हो।

कम्पनीका अन्सार यो योजनाबद्ध विस्तारमार्फत क्याच स्पाइसेसले आफ्नो शुद्धता, स्वाद र इनोभेसनको परम्परालाई नेपाली भान्सासम्म पुर्याउने लक्ष्य राखेको छ भने आफ्नो अन्तर्राष्ट्रिय उपस्थितिलाई थप मजबुत बनाउने उद्देश्य समेत लिएको छ। यसले नेपालको समृद्ध क्यूलिनरी परम्परा र विशिष्ट सांस्कृतिक पहिचान भएको बजारमा ब्रान्डको स्वाभाविक विस्तारलाई संकेत गर्दछ।

क्याच स्पाइसेसले नेपाली बजारमा पकवानको वास्तविक स्वाद र सुवासलाई जीवित राख्ने उद्देश्यका साथ फराकिलो उत्पादन लाइन प्रस्तुत गरेको छ, जसमा स्ट्रेट मसला, विविध मिश्रित मसला, पेस्ट तथा साबुत मसला समावेश छन्। यस ब्रान्डले अत्याधुनिक लो टेम्प्रेचर ग्रिन्डिङ (एलटीजी) प्रविधिको प्रयोग गर्छ, जसले मसलाको प्राकृतिक बास्ना, तेल, रङ र स्थायित्वलाई जोगाइराख्छ। क्याच स्पाइसेस हाल काठमाडौं उपत्यकामा उपलब्ध भइसकेको छ र चाँडै अन्य क्षेत्रहरूमा पनि विस्तार गरिनेछ। यो ब्रान्ड भाटभटेनी जस्ता मोडर्न ट्रेड स्टोरहरू, खुद्रा स्टोरहरू, नेपाली सेनाका क्यान्टिनहरू, सामान्य खुद्रा पसलहरू, होटेल, रेस्टुरेन्ट, क्याफेहरू तथा दराज जस्ता इ–कमर्स प्लेटफर्ममार्फत उपलब्ध हुनेछ।

डीएस ग्रुप अन्तर्गतको क्याच स्पाइसेसका बिजनेस हेड सन्दीप घोषले नेपालको प्याकेज्ड मसला उद्योगको हिस्सा बन्न पाउँदा र विशेषगरी यहाँका उपभोक्ताहरूको बदलिँदो प्राथमिकतालाई सम्बोधन गर्न पाउँदा अत्यन्तै रहेको बताए। 

नेपालमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउन क्याच स्पाइसेसले अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सेफ सन्तोष शाहलाई ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त समेत गरेको छ। 

क्याच स्पाइसेसले आफ्ना उत्पादन र गुणस्तरलाई लक्षित उपभोक्तासम्म पुर्याउन उच्चस्तरीय प्रचार अभियानको योजना बनाएको छ। ब्रान्डको उपस्थितिलाई बलियो बनाउन ३६० डिग्री मार्केटिङ योजना अन्तर्गत टेलिभिजन, पत्रपत्रिका, रेडियो, बाहिरी विज्ञापनदेखि लिएर सोसल मिडिया प्लेटफर्महरूको व्यापक प्रयोग गरिनेछ। 

क्याच ब्रान्डले उपभोक्तासँग प्रत्यक्ष सम्पर्क बढाउन ‘अन ग्राउण्ड’ एक्टिवेशनहरूमा विशेष ध्यान दिने वाचा गरेको छ, जसबाट ग्राहकहरूले वास्तविक उत्पादन अनुभव गर्न सकून्। यो प्रचार अभियान हाल पहिलो चरणमा रहेको छ र तीज, दसैंजस्ता प्रमुख चाडपर्वको मौसमभर निरन्तर रूपमा सञ्चालन हुँदै जानेछ। यस अभियानमा नेपालको प्रसिद्ध सेफ तथा क्याच ब्रान्डका एम्बेसडर सन्तोष शाहले पनि टिभी विज्ञापन र विभिन्न रोचक कार्यक्रममार्फत आफ्ना खाना पकाउने सीप र तरिकाहरू पछाडिका रहस्यहरू उपभोक्तासँग बाँड्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad