कारोबार


माइडिया मासिक लक्की ड्र २०८२ को विजेता बने बलराम

माइडिया मासिक लक्की ड्र २०८२ को विजेता बने बलराम

नेपालखबर
जेठ २०, २०८२ मंगलबार १३:३९, काठमाडौँ

माइडिया होम अप्लायन्सेसले नेपाली नयाँ वर्ष २०८२ को अवसरमा सार्वजनिक गरेको "न्यु एरा अफ स्मार्ट लिभिङ " योजनाअन्तर्गतको मासिक लक्की ड्र कार्यक्रमको विजेता घोषणा गरेको छ।

यही जेठ १२ गते फेसबुक लाइभमार्फत विजेता घोषणा गरिएको कम्पनीले जनाएको ५। कार्यक्रमको प्रत्यक्ष प्रसारण माइडिया नेपालको सामाजिक सञ्जालमार्फत गरिएको थियो।

लक्की ड्र कार्यक्रमअन्तर्गत काठमाडौंका बलराम कार्की विजेता घोषित भएका छन्। उनले मासिक उपहारको रूपमा ८ केजी माइडिया वासिङ मेसिन जित्न सफल भएको कम्पनीले उल्लेख गरेको छ।

उनी चौधरी समूह अन्तर्गतको आधिकारिक माइडिया डिलरबाट माइडिया उत्पादन खरिद गरी योजनामा सहभागी भएका थिए। खरिदपछि गरिएको क्यूआर कोड स्क्यानद्वारा दर्ता प्रणालीले उनलाई स्वतः मासिक लक्की ड्रका लागि योग्य बनाएको थियो।

माइडिया एक उपभोक्ता उपकरण ब्रान्ड हो। यसले विश्वभरका करिब २०० भन्दा बढी देशमा आफ्ना उत्पादनहरू आपूर्ति गर्दै आएको छ। नेपालमा माइडियाले सबै किसिमका स्मार्ट होम उपकरणहरू उपलब्ध गराउँदै आएको छ।

यसमा रेफ्रिजेरेटर, वासिङ मेसिन, माइक्रोवेभ ओभन, इन्डक्सन कुकटप, राइस कुकर, डिशवाशर, भ्याकुम क्लिनर, वाटर प्युरिफायर, रुम हिटर लगायतका उपकरणहरू समावेश छन्। माइडियाका उत्पादनहरू विश्वस्त गुणस्तर, नवीन डिजाइन र ऊर्जासक्षम प्रविधिमा आधारित रहेको र यसले नेपाली उपभोक्ताको दैनिक जीवनलाई सहज बनाउने कम्पनीको दाबी छ।

सीजी इलेक्ट्रोनिक्सले माइडिया होम अप्लायन्सेसको आधिकारिक वितरकको रूपमा काम गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad