कारोबार


इसेवाले ल्यायो ‘झ्याप्पै ट्रान्सफर–च्याप्पै बोनस’

१ लाख जित्ने मौका
इसेवाले ल्यायो ‘झ्याप्पै ट्रान्सफर–च्याप्पै बोनस’

नेपालखबर
बैशाख १०, २०८२ बुधबार १३:५०, काठमाडौँ

डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले ‘झ्याप्पै ट्रान्सफर–च्याप्पै बोनस’ अफर सार्वजनिक गरेको छ। 

उक्त अफर २०८२ वैशाख १० गतेदेखि २४ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ। 

यस अवधिभरि इसेवाबाट बैंक तथा सहकारीमा रकम ट्रान्सफर गर्दा हरेक दिन दुई जना भाग्यशाली प्रयोगकर्ताले ५–५ हजार रुपैयाँको बोनस जित्न सक्नेछन् भने एक जना भाग्यशाली विजेताले १ लाख रुपैयाँ जित्ने अवसर प्राप्त गर्नेछन्। 

अफरअन्तर्गत क्यूआर स्क्यान, इसेवा डाइरेक्ट वा खाता नम्बर प्रयोग गरी बैंकमा रकम ट्रान्सफर (बैंक ट्रान्सफर) गर्ने तथा क्यूआर स्क्यान वा खाता नम्बर प्रयोग गरी सहकारीमा रकम ट्रान्सफर (सहकारी डिपोजिट)  गर्ने सबै प्रयोगकर्ताहरू पुरस्कारको लागि स्वतः योग्य हुनेछन्।

हाल इसेवामा नेपालका सबै प्रमुख बैंक तथा वित्तीय संस्थाहरू साझेदार रहेका छन्। सहज ट्रान्सफरसँगै प्रयोगकर्ताहरूले अनलाइन बैंकिङ, मोबाइल बैंकिङ, तथा एजेन्ट सेवा जस्ता माध्यमबाट सहज र सुरक्षित रूपमा इसेवामा रकम लोड गर्न सक्छन्। 

सहज डिजिटल भुक्तानी प्रणालीको पहुँचलाई देशभर विस्तार गर्ने लक्ष्य लिएको इसेवाले नेपालको डिजिटल कारोबारमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ।

साथै, करोडौ प्रयोगकर्ताहरूलाई सरल, सुरक्षित र भरपर्दो वित्तीय सेवा उपलब्ध गराउँदै आएको कम्पनीले यो नयाँ अफरमार्फत बैंक ट्रान्सफर गर्दा दैनिक तथा बम्पर बोनस जित्न सकिने अवसर पनि प्रदान गरेर प्रयोगकर्तालाई थप उत्साहित बनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad