समाज


टेकुमा ढलभित्र छिरेका युवकको उद्धार

टेकुमा ढलभित्र छिरेका युवकको उद्धार

नेपालखबर
फागुन २५, २०८१ आइतबार १२:२०, काठमाडौँ

काठमाडौँको टेकुस्थित ढलभित्र छिरेका युवकको प्रहरीले उद्धार गरेको छ। 

विपद् व्यवस्थापन महाशाखा सामाखुसीको टोलीले आइतबार बिहान काठमाडौँ महानगरपालिका- २० टेकुस्थित कनक पेट्रोल पम्प नजिकैबाट ढलभित्र छिरेका युवकको उद्धार गरेको हो। 

उद्धारपछि करिब ३० वर्षका ती युवकलाई उपचारको लागि ट्रमा सेन्टरमा लगिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहोराले जानकारी दिए। 

‘ती युवकको नाम खुलेको छैन,’ एसपी बोहोराले भने, ‘उनको मानसिक सन्तुलन पनि ठिक नभएको आशंका हाम्रो छ। घटनाको थप अनुसन्धान हुँदैछ।’ 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad