फिनटेक कम्पनी एफ१ सफ्टले २१औँ वार्षिक उत्सव पुल्चोकस्थित द प्लाजामा मनाएको छ।
यो कम्पनी सन् २००४ मा स्थापना भएको थियो। कम्पनीले भुक्तानीका लागि लाइनमा बस्नुपर्ने बाध्यतालाई हटाएर आम जनतालाई सहजता प्रदान गर्ने उद्देश्यका साथ अनलाइन भुक्तानी सुविधा ल्याएको दाबी गरेको छ।
यसको नवीनतम सेवाले सर्वसाधारणको लागि वित्तीय सेवाहरू डिजिटल रूपमा पहुँच योग्य बनाएको र यसले नेपालमा डिजिटल वित्तीय संसाधनको विकास गर्दै प्रयोगकर्ताहरूको वित्तीय कारोबार सहज बनाउनुको साथै जीवनस्तरमा समेत सुधार ल्याएको कम्पनीको दाबी छ।
यसका सहायक कम्पनीहरूले क्यूआर भुक्तानी, डिजिटल वालेट, डिजिटल कर्जा र रेमिटेन्स सेवा प्रदान गर्छन्। यसले साना–ठूला सबै प्रकारका व्यापार, व्यावसायिक संस्थाहरूलाई वित्तीय सेवा प्रदान गर्दै नेपाललाई सशक्त बनाएको एफ१ सफ्टको दाबी छ।
कम्पनीले १५०० भन्दा बढी युवाहरुलाई रोजगारी प्रदान गरेको उल्लेख गरेको छ।
यसैबीच, कम्पनीका अध्यक्ष विश्वास ढकालले कम्पनीमा नेतृत्व परिवर्तनको घोषणा गरेका छन्। उनले नयाँ अध्यक्षको रुपमा सिद्धान्त ठकुरीलाई नियुक्त गरेका छन्।
कम्पनीको ग्रुप प्रमुख सञ्चालन अधिकृत रहेका ठकुरीले नयाँ दृष्टिकोणसहित कम्पनीलाई नयाँ दिशा दिने बताए। सधैँ फिनटेकको माध्यमबाट नेपालको डिजिटल रुपान्तरणमा प्रतिबद्ध रहँदै आएको र यस प्रतिबद्धतालाई थप बलियो बनाउँदै ग्राहक, साझेदार, र सरोकारवालाहरुको विस्तारलाई थप ऊर्जा प्रदान गर्ने लक्ष्य रहेको पनि बताए।
साविकका अध्यक्ष विश्वास ढकालले नयाँ नेतृत्वले कम्पनीलाई अझ ठूलो उचाइमा पुर्याउने बताए।
Shares

प्रतिक्रिया