कारोबार


फोनपेले सुरु गर्‍यो सक्षम नारी अभियान, डिजिटल वित्तीय सेवाहरूमार्फत महिला सशक्तीकरण गर्ने

फोनपेले सुरु गर्‍यो सक्षम नारी अभियान, डिजिटल वित्तीय सेवाहरूमार्फत महिला सशक्तीकरण गर्ने

नेपालखबर
फागुन २१, २०८१ बुधबार १४:३८, काठमाडौँ

भुक्तानी नेटवर्क फोनपेले “सक्षम नारी” नामक नयाँ अभियानको शुभारम्भ गरेको छ। 

राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक, एनआईसी एसिया बैंक, कुमारी बैंक, इसेवा र एभरेष्ट बैंकसँगको साझेदारीमा यो अभियान सञ्चालित छ। 

कम्पनीकाअनुसार यसको उद्देश्य महिलाहरूलाई डिजिटल वित्तीय समावेशन र आत्मनिर्भरता मार्फत सशक्त बनाउनु हो। महिलाहरूको योगदान नेपालको आर्थिक वृद्धिमा अत्यन्त महत्वपूर्ण रहेको छ र यसै आधारमा फोनपेले डिजिटल वित्तीय सेवाहरूमार्फत महिलाहरुलाई सशक्त पार्ने कार्यमा प्रतिबद्धता जनाएको छ। 

अभियानले महिलाहरुलाई डिजिटल भुक्तानीका फाइदाबारे शिक्षित गर्ने र तिनीहरूलाई दैनिक जीवनमा डिजिटल भुक्तानीको प्रयोगमा प्रेरित गर्ने कम्पनीको भनाइ छ। साथै, महिलाहरुलाई डिजिटल वित्तीय सेवाहरू प्रयोग गर्न प्रोत्साहित गर्दै, उनीहरूले आफ्नो अन्य महिला साथीहरूलाई पनि यसको फाइदाबारे जानकारी दिन प्रेरित गर्ने उद्देश्य राखेको छ। 

यस अभियानका माध्यमबाट महिलाहरूलाई डिजिटल भुक्तानी र मोबाइल बैंकिङ बारेमा प्रशिक्षण र स्रोतहरू उपलब्ध गराइनेछन्। महिला प्रयोगकर्ताहरूलाई यस डिजिटल परिवर्तनमा सक्रिय बनाउने उद्देश्यका साथ, यो अभियान मार्च ३१ सम्म चल्नेछ। यो अभियानमा सहभागी हुन महिला प्रयोगकर्ताहरुले हाम्रो पार्टनर बैंकहरको मोबाइल बैँकिङ् एप द्वारा फोनेपेका कुनै पनि सेवाहरु न्यूनतम ३ पटकसम्म प्रयोग गर्नुपर्ने हुन्छ जसले नगद भुक्तानीबाट डिजिटल भुक्तानीको प्रणालीमा सहज र सुरक्षित संक्रमण सुनिश्चित गर्नेछ। 

सक्षम नारी अभियानको उद्देश्यमा महिला सहभागिता बढाउनका लागि, फोनपे र पार्टनर बैंकहरूले विशेष पुरस्कार योजनाको घोषणा गरेका छन्। प्रत्येक पार्टनर बैंकबाट एक महिला भाग्यशाली विजेताले (कुल ‘छ’भाग्यशाली विजेता) नटराज ज्वेलर्सबाट विशेष हीरा गहना प्राप्त गर्नेछन्। साथै, प्रत्येक बैंकबाट ५० महिला विजेताहरूलाई (कुल ३०० महिला) १ हजार रुपैयाँको शपिङ भाउचर प्रदान गरिनेछन्|  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad