राजनीति


सामान्य अवस्थामा अध्यादेश ल्याउनु प्रजातन्त्रवादीहरूलाई स्वीकार्य हुँदैन : प्रेम सुवाल

सामान्य अवस्थामा अध्यादेश ल्याउनु प्रजातन्त्रवादीहरूलाई स्वीकार्य हुँदैन : प्रेम सुवाल

नेपालखबर
फागुन २१, २०८१ बुधबार १४:४२, काठमाडौँ

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले देशको सामान्य अवस्थामा पनि अध्यादेश ल्याउनु स्वीकार्य नभएको बताएका छन्। 

बुधबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले सामान्य अवस्था हुँदाहुँदै अध्यादेश ल्याउनु प्रजातन्त्रवादीहरूले सव

'देशको सामान्य अवस्थामा अध्यादेश जारी गर्नु‍ प्रजातन्त्रवादीहरूलाई स्वीकार्य हुँदैन। यो निरंकुश सरकारको परिचय हो,' उनले भने, 'सरकार र तीनका पार्टीले ऐना हेरेर अनुहार पखाल्न जनतासँग माफी माग्न उपयुक्त हुन्छ।'

उनले सुशासनको नाममा संवैधानिक व्यवस्थामा पुनरावलोकन गर्न पनि माग गरे। संघ र प्रदेशले स्थानीय सरकारलाई हस्तक्षेप नगर्न पनि आग्रह गरे। 

नगरपालिकालाई विश्वविद्यालय सञ्चालन गर्न दिन उनले माग गरे। त्यस्तै सुवालले एनजीओको खर्चको हिसाब किताब पारदर्शी नहुँदा कसरी सुशासन हुन्छ भन्दै प्रश्न पनि गरे।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad