कारोबार


इसेवा वालेटमा रहेको पैसा एनआईसी एसिया बैंकको एटीएमबाट सजिलै निकाल्न मिल्ने

इसेवा वालेटमा रहेको पैसा एनआईसी एसिया बैंकको एटीएमबाट सजिलै निकाल्न मिल्ने

नेपालखबर
माघ २९, २०८१ मंगलबार १७:१०, काठमाडौँ

भुक्तानी सेवा प्रदायक इसेवाले इसेवाले आफ्नो एटीएम विथड्रल सेवा विस्तार गरेको छ।

अब इसेवा प्रयोगकर्ताहरुले आवश्यक परेको खण्डमा एनआईसी एसिया बैंकको एटीएमबाट सजिलै पैसा निकाल्न सक्ने कम्पनीले जनाएको छ। 

यसअघि एभरेष्ट बैंकमार्फत प्रदान गर्दै आएको यो सुविधा इसेवाले हालै एनआईसी एसियामा पनि विस्तार गरेको छ। 

एटीएम विथड्र (पैसा निकाल्ने) प्रक्रिया दुई चरणको रहेको छ। पहिलो चरणमा इसेवा प्रयोगकर्ताहरुले आफ्नो इसेवा एपमा गई ओटीपी प्रक्रिया पूरा गर्नुपर्नेछ भने दोस्रो चरणमा नजिकैको एनआईसी एसिया बैंकको एटीएम मेसिनमा गएर रकम निकाल्ने प्रक्रिया पूरा गर्नुपर्नेछ। 

पहिलो चरणमा प्रयोगकर्ताले इसेवाको फाइनान्सियल सर्भिसेजभित्र रहेको एटीएम विथड्रमा गई एनआईसी एसिया बैंक छनोट गरेर आवश्यक विवरण राखेर प्रक्रिया पूरा गर्नुपर्नेछ। 

प्रक्रिया पूरा भएपछि इसेवामा दर्ता गरिएको मोबाइल नम्बरमा ओटीपी आउनेछ, जुन प्रयोगकर्ताहरूले एटीएम टर्मिनलमा पुष्टि गर्नुपर्छ।

यसरी मोबाइल नम्बर र ओटीपीसहितका विवरणहरू एटीएम मेसिनमा प्रमाणीकरण भएपछि मात्र प्रयोगकर्ताहरूले नगद निकाल्न सक्नेछन्। 

यसरी रकम निकाल्न दुई सजिला चरणहरु पार गरेर ओटीपीजस्ता विवरणहरु पनि पुष्टि गनुपर्ने भएकोले यो प्रक्रिया सहजसँगै सुरक्षित पनि रहेको इसेवाका रणनीतिक बैंकिङ तथा वित्तीय समाधान प्रमुख हेम घिमिरेले बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad