राजनीति


सरकारले ल्याएको अध्यादेश घाँटीमा अड्किएको हड्डीजस्तै भयो : जनार्दन शर्मा

सरकारले ल्याएको अध्यादेश घाँटीमा अड्किएको हड्डीजस्तै भयो : जनार्दन शर्मा

नेपालखबर
माघ २९, २०८१ मंगलबार १७:११, काठमाडौँ

नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले सरकारले हालै ल्याएको अध्यादेश घाँटीमा अड्केको हड्डीजस्तै भनेर टिप्पणी गरेका छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै शर्माले भने, ‘मिठो खाने कुरा घाँटीमा अड्कियो भने त्यसको स्वाद आउँदैन। आज अध्यादेश कहाँ अड्किरहेका छन्? एजेन्डामा छलफल गर्न किन पछि परिरहेको छ?'

शर्माले सरकारमा भएकाहरूले संसद्‌लाई पूर्वाग्रहपूर्ण बहको थलो बनाउन नहुने धारणा पनि राखे। 

'आग्रह-पूर्वाग्रहपूर्ण संसद्को बहसलाई बनाउनुहुँदैन। बहस अन्तैअन्तै गइरहेका छन्। सरकार ढल्यो ढल्यो वा बच्योसँग जनतालाई कुनै चासो र सरोकार छैन। जनजीविकाका सवालमा सरकारले के गर्छ? चासो जनतालाई यो छ,’ उनले भने, ' जनजीविकाका सवालमा बहस गर्न आवश्यक रहेको, संविधानले गरेको व्यवस्थाअनुसार किड्नीलगायतका रोगीहरूका उपचार कसरी गर्ने? यो बहस किन हुँदैन?'

भ्रष्टाचारका विषयमा आयोग बनाएर छलफल गर्न उनले माग गरे।

'एकले अर्कोलाई दोषी करार गर्नेतिर छलफल केन्द्रित भयो,' उनले भने, 'भ्रष्टाचारका सवालमा क्यान्टोमेन्ट होस् वा अरू शक्तिशाली आयोग बनाएर छानबिन गरौँ।’ 

उनले सत्ता र बहुमतका बलमा अध्यादेशकै सवालमा लेनदेन हुने गरेको भन्दै आपत्ति जनाए। सक्षम व्यक्ति र संरचना भए पनि काम नभएको भन्दै शान्ति प्रक्रियाको कुरा, भूकम्प पीडितका समस्या, बाढीपछिको पुनर्निर्माणबारे बहस हुन जरुरी रहेको शर्माको भनाइ छ। 

उनले राष्ट्रका एजेन्डामा बहस र छलफल गर्न प्रस्ताव गर्दै पूर्वमन्त्री समेत रहेका शर्माले राष्ट्रिय मुद्दामा केन्द्रित भए मात्र जनताले सुन्ने विचार राखे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad