कारोबार


लाइभ क्रिकेट म्याचको मज्जा ४केमा भन्दै सामसङले ल्यायो नयाँ टिभी अफर

लाइभ क्रिकेट म्याचको मज्जा ४केमा भन्दै सामसङले ल्यायो नयाँ टिभी अफर

नेपालखबर
मंसिर २०, २०८१ बिहिबार १८:८, काठमाडौँ

नेपाल प्रिमियर लिग क्रिकेटको ऐतिहासिक पहिलो सिजन चलिरहँदा सामसङले नयाँ टिभी अफर ल्याएको छ।

घरमै म्याच हेर्ने दर्शकलाई लक्षित गर्दै कम्पनीले नयाँ टिभीमा ३१ प्रतिशतसम्मको छुट अफर ल्याएको हो। 

अफरमा क्युएलईडी टिभी, क्रिस्टल युएचडी ४के टिभीहरू र एफएचडी टिभीको इमर्सिभ रेन्जहरू पनि समावेश गरिएको कम्पनीले जनाएको छ।

ग्राहकहरूलाई १२ महिनाको अवधिमा शून्य प्रतिशत ब्याज दरमा आफ्नो मनपर्ने टिभीहरू सजिलो ईएमआईमा किन्न सकिने सुविधा समेत दिइएको छ। कम्पनीका अनुसार यो अफरमा सामसङको इन्स्टा-फाइनान्स सेवा समावेश छ। 

यो सेवा ग्राहकहरूले आफ्नो नागरिकताबाटै साथ सामसङको आधिकारिक स्टोरबाट प्राप्त गर्न सक्छन्।

एक्सचेन्ज पार्टनर आर्कोस्टोरद्वारा ग्राहकहरूले आफ्नो पुरानो इलेक्ट्रोनिक उपकरण एक्सचेन्ज गरी नयाँ टिभी खरिद गर्ने सेवा पनि सामसङले उपलब्ध गराएको छ। 

आगामी पुस १६ सम्म मान्य रहने यो अफर सामसङको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेड र आधिकारिक पुनर्विक्रेता त्रिवेणी व्यापार प्राइभेट लिमिटेडका डिलर नेटवर्कद्वारा नेपालभर उपलब्ध गराइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad