युक्रेनमा जत्रै युद्ध भए बेलायतको नियमित सेना ६ महिनामै नष्ट हुने चेतावनी एक बेलायती मन्त्रीले दिएका छन्।
अवकाशप्राप्त सैनिकहरूको मामिला हेर्ने एलिस्टर कार्न्सले रुसको आक्रमणबाट युक्रेनमा जुन तहको सैन्य क्षति भइरहेको छ, त्यही दरमा क्षति हुँदा ६ महिनादेखि एक वर्षभित्र सेना नष्ट हुने बताएका हुन्।
त्यसैकारण ठूलो युद्ध लड्न जगेडा सैनिक महत्त्वपूर्ण हुने उनले बताए।
बेलायतको आधिकारिक तथ्यांकअनुसार बेलायती सेनामा गत अक्टोबर १ मा १ लाख ९ हजार २४५ सैनिक थिए। जसमा २५ हजार स्वयंसेवक जगेडा सैनिक पनि सामेल छन्।
बेलायती नौसेनाका पूर्वकर्णेल समेत रहेको कार्न्सले रुसले मृतक र घाइते समेत गरी प्रतिदिन १५ सय सैनिक गुमाइरहेको बताए।
‘ठूलो स्तरको युद्ध, सीमित हस्तक्षेप होइन, युक्रेन युद्धकै दरमा क्षति हुने हो भने हाम्रो सेना एउटा बहुराष्ट्रिय गठबन्धनको हिस्सामा रहँदा पनि ६ देखि एक वर्षमा सिद्धिनेछ,’ उनले भने।
लन्डनस्थित रोयल युनाइटेड सर्भिसेस इन्स्टिच्युट नामक थिंक ट्यांकमा जगेडा सैनिकबारे भाषण दिँदै उनले भने, ‘त्यसो भन्नुको अर्थ हामीलाई ठूलो सेना चाहियो भनेको होइन। तर, संकटको घडीमा संख्या बढाउन हामी सक्षम हुनै पर्छ। त्यो प्रक्रियामा जगेडा सैनिक महत्त्पूर्ण र केन्द्रीय विषय हो।’ बीबीसी
Shares

प्रतिक्रिया