कारोबार


आईएमई पे एपमा बैंक खाता लिङ्क गर्दा स्मार्टफोन जित्न सकिने

आईएमई पे एपमा बैंक खाता लिङ्क गर्दा स्मार्टफोन जित्न सकिने

नेपालखबर
मंसिर ७, २०८१ शुक्रबार ११:३८, काठमाडौँ

आईएमई पेले बैंक लिङ्क गरौँ, मोबाइल जितौँ योजना सार्वजनिक गरेको छ।  

योजनामार्फत आइएमई पे एपले प्रयोगकर्ताहरूलाई आफ्नो बैंक खातालाई आईएमई पे एपमा लिङ्क गर्न र सहज डिजिटल भुक्तानी सुविधाको अनुभव गर्न प्रोत्साहित गर्ने उद्देश्य राखिएको छ।   

मङ्सिर ६ देखि माघ ६ सम्म २ महिनाको लागि चल्ने यस योजनामा आईएमई पेका प्रयोगकर्ताहरुले आफ्नो बैंकको खातालाई आइएमई पे एपमा लिङ्क गरी बैंक खाताबाट सिधै आइएमई पे वालेटमा  पैसा लोड गरी कम्तीमा ३ विभिन्न भुक्तानीहरु गरेर स्मार्टफोन जित्ने मौका प्राप्त गर्न सक्नेछन्। योजनाअन्तर्गत  हरेक १५ दिनमा एक जना भाग्यशाली विजेताले  एउटा स्मार्टफोन जित्न सक्नेछन्। 

प्रयोगकर्ताहरुले आफ्नो बैंक खातालाई सिधै आईएमई पे एपमार्फत अथवा कनेक्ट आइपिएस् मार्फत आइएमई पे एपमा लिङ्क गर्न सक्नेछन्। अफरमा सहभागी हुन पहिलै लिङ्क नभएको बैंक खाता लिङ्क गर्नुपर्ने र पैसा पठाउने वा लोड गर्ने बाहेक  अन्य ३ विभिन्न भुक्तानीहरु गर्नुपर्ने हुन्छ। 

‘यो अभियान हाम्रा प्रयोगकर्ताहरूलाई डिजिटल भुक्तानीहरू अपनाउन र नगदरहित जीवनशैलीको फाइदाहरूको आनन्द उठाउन प्रोत्साहन गर्न बनाइएको हो ’, प्रमुख कार्यकारी अधिकृत  प्रवीण रेग्मीले भने, ‘आफ्नो बैंक खाताहरू लिङ्क गरेर प्रयोगकर्ताहरूले सजिलैसँग रकम ट्रान्सफर गर्न,विभिन्न  बिलहरू भुक्तानी गर्न र सामान खरिद गर्न सक्छन्, सबै आफ्नो स्मार्टफोनको सुविधाबाट।’ 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad