ad ad

कारोबार


माइडियाको दसैँ अफर : ‘बाई, विन, फ्लाई’ थाइल्यान्ड टुर

माइडियाको दसैँ अफर : ‘बाई, विन, फ्लाई’ थाइल्यान्ड टुर

नेपालखबर
भदौ २४, २०८१ सोमबार १६:३, काठमाडौँ

अप्लाइन्स प्रोडुसर माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले दसैँ, तिहार र छठको रमाइलो पर्वलाई लक्षित गर्दै विशेष अफर ल्याएको छ।

कम्पनीले बाई विन फ्लाई अफर ल्याएको हो। यसअनुसार बम्पर उपहारमा दुई जनालाइ थाइल्यान्ड टुर, हरेक हप्ता मिक्स्चर, ४६ हजार ५०० रुपैयाँसम्म क्यासब्याक र माइडिया ब्रान्डको बिभिन्न घरायसी सामान किन्दा पक्का उपहार समावेश छ। 

हरेक ग्राहकले माइडिया विभिन्न उत्पादनहरू जस्तै रेफ्रिजरेटर, वासिङ मेसिन, डिसवासर, एसी, राइस कुकर र अन्य घरेलु उपकरणहरू खरिद गर्दा ठूलो छुट पाउनेछन्। 

उपभोक्ताहरूले ४६ हजार ५०० रुपैयाँसम्मको ठूलो बचत गर्न सक्ने कम्पनीको दाबी छ।

यो योजनाअन्तर्गत भाग लिन, ग्राहकले माइडिया उत्पादनहरू खरिद गरेर थाइल्यान्ड टुर फर कपल जित्न सक्नेछन्। विजेता जोडीलाई रोमाञ्चक थाइल्यान्ड भ्रमणको अवसर प्रदान गरिनेछ।

यस योजनाले माइडियाका गुणस्तरीय घरेलु उपकरणहरूलाई अझ किफायती बनाउँदै उपभोक्ताहरूलाई दशैंको अवसरमा विशेष लाभ दिने उद्देश्य राखेको छ।

यो अफर नेपालभरका मिडियाका डिलरहरू र शो-रूमहरूमा लागू हुनेछ। थप जानकारीको लागि ग्राहकहरूले माइडियाको आधिकारिक वेबसाइट वा नजिकको शोरूममा सम्पर्क गर्न सक्नेछन्।

माइडिया ब्रान्डका वासिङ मेसिन, वासरड्रायर, मल्टि डोर रेफ्रिजिरेटर, साइड बाइ साइड रेफ्रिजिरेटर, डिसवासर, माइक्रोवेभ ओभन, एयर फ्रायर, वासर ड्रायर, भ्याकुम क्लिनर, इलेक्ट्रिक प्रेसर कुकर, इन्डक्सन, फ्यान हिटर, ओएफआर हिटर, पीटीसी हिटर, चिम्नी, गिजर, वाटर डिस्पेन्सेर, फ्यान जस्ता विभिन्न अपलाइन्स नेपाली बजारमा ग्राहकहरूबीच अत्यन्त रुचाइएका प्रोडक्ट हुन् । शक्तिशाली क्षमता र असाधारण कार्यक्षमताको लागि माइडिया ब्रान्ड नेपाली बजारमा परिचित छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .