आगामी आर्थिक वर्ष २०८३/८४ मा बैंक तथा वित्तीय संस्थाहरूको वर्गीकरणमा हेरफेर हुने भएको छ।
राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले मंगलबार जारी गरेको मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरुको पुनःवर्गीकरण गर्ने नीति समेटिएको छ।
मौद्रिक नीति जारी गर्दै पौडेलले भनेका छन्, ‘बैंक तथा वित्तीय संस्थाहरूको पुनःवर्गीकरण गरी व्यवसायको आकार र प्रकृतिअनुसारको विशिष्टिकृत सेवासहितको बैंकिङको अवधारणामा अघि बढ्ने नीति लिएका छौँ।’
अहिले बैंक तथा वित्तीयहरूलाई क, ख, ग र घ वर्ग गरी वाणिज्य बैंक, विकास बैंक, वित्तीय संस्था र लघुवित्त संस्थामा वर्गीकरण गरिएको छ।
492
Shares

प्रतिक्रिया