कारोबार


मौद्रिक नीतिमा आयो बैंक वित्तीय संस्थाको खर्च घटाउने कार्यक्रम (पूर्णपाठ)

मौद्रिक नीतिमा आयो बैंक वित्तीय संस्थाको खर्च घटाउने कार्यक्रम (पूर्णपाठ)

नेपालखबर
असार २३, २०८३ मंगलबार १६:०, काठमाडौँ

आगामी आर्थिक वर्ष २०८३/८४ मा मुद्रास्फीति ५.५ प्रतिशतभित्र राख्ने लक्ष्यसहित राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्षको लागि मौद्रिक नीति सार्वजनिक गरेका छन्।

समग्र मौद्रिक स्थायित्व कायम गर्ने उद्देश्यसहित आगामी आवको मौद्रिक नीति ल्याएको उनले बताएका हुन्। 
 
‘बैंक तथा वित्तीय संस्थाको सस्थागत सुधार गर्दै उनीहरुको पुँजी परिचालनको लागि खर्च कम गर्ने र यसबाट हुने बचत ऋण लिन चाहनेहरुमा सहज रुपमा हस्तान्तरण हुने व्यवस्था मौद्रिक नीतिमा प्रस्ताव गरिएको छ’, गभर्नर पौडेलले मौद्रिक नीति सार्वजनिक गर्दै भने।

बैंक तथा वित्तीय संस्थाहरुको शाखाहरु खोल्ने तथा बन्द गर्ने प्रक्रियामा लचकता दिने नीति पनि मौद्रिक नीतिमा आएको छ। 

त्यसैगरी, वित्तीय सेवामा डिजिटलाइजेशनमा जान प्रोत्साहन दिने जस्ता संस्थाहरुको खर्च कटौतीका माध्यम मौद्रिक नीतिमा अघि सारिएको गभर्नर पौडेलले बताएका छन्।

पढ्नुहोस् पूर्णपाठ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad