ad ad

कारोबार


दराज ११ः११ मा अनरको आकर्षक अफर

दराज ११ः११ मा अनरको आकर्षक अफर

नेपालखबर
कात्तिक २३, २०७९ बुधबार १६:४३, काठमाडौँ

अनरको आधिकारिक बिक्रेता सेल्ट्रोन नेपालले दराज ११ः११ को अवसरमा विभिन्न आकर्षक अफर ल्याएको छ। 

कम्पनीले नोभेम्बर ११ देखि सुरु हुने दराज ११ः११ को लागि छुट तथा उपहारको अफर सार्वजनिक गरेको हो। 

११ः११ को मुख्य आकर्षण फ्रि गिफ्ट रहेको छ। अनर नेपालले फोन खरिदमा निःशुल्क उपहार दिनेछ। अनर एक्स७, अनर एक्स८ वा अनर ५० लाइटको कुनै पनि खरिदमा अनर इयरबड्स एक्स३ लाइट निःशुल्क पाइनेछ। 

साथै अनर एक्स९ को खरिदमा अनर ब्यान्ड ६ निःशुल्क पाउनेछन्। कम्पनीले एसेसरिजमा पनि छुट दिएको छ। ५ हजार ४९० मूल्यको अनर इयरबड्स एक्स३ लाइट ४ हजार ४९० मै पाउन सकिनेछ भने ६ हजार ४९० मूल्यको अनर ब्यान्ड ५ हजार ४९० रुपैयाँमा पाउन सकिनेछ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .