ad ad

कारोबार


नेपाल लाइफ इन्स्योरेन्सले सुरु गर्यो डाइनामिक क्युआर भुक्तानी प्रणाली

नेपाल लाइफ इन्स्योरेन्सले सुरु गर्यो डाइनामिक क्युआर भुक्तानी प्रणाली

नेपालखबर
असोज ४, २०७९ मंगलबार १३:४९, काठमाडौँ

जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ई-सेवा सँगको सहकार्यमा डाइनामिक क्युआर पेमेन्ट सिस्टम सञ्चालनमा ल्याएको छ। 

आइतबार दिउँसो यस इन्स्योरेन्स कम्पनीको काठमाडौँ शाखामा आयोजित एक विशेष समारोहकका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले  रिबन काटेर उक्त सेवाको शुभारम्भ गरेका हुन्।

नेसनल सेल्स हेड उमापति पोखरेलले डाइनामिक क्युआरको माध्यमबाट आफ्नो तथा आफ्नो परिवारको प्रिमियम भुक्तानी गरी सेवाको सुचारु गरे। यो सेवा सुचारुका साथै नेपाल लाइफ इन्स्योरेन्स डाइनामिक क्युआर पेमेन्ट सिस्टम सेवा उपलब्ध गराउने नेपालकै पहिलो र एक मात्र जीवन बीमा कम्पनी बनेको छ । अब नेपाल लाइफका देशै भरिका शाखा तथा उपशाखाहरूबाट डाइनामिक क्युआरको माध्यमबाट भुक्तानी गर्न सकिनेछ।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत पराजुलीले आधुनिक प्रविधिको प्रयोगबाट ग्राहकलाई सहज , सरल सेवा उपलब्ध गराउन कम्पनी लागि परेको र आउने दिनहरुमा पनि डिजिटल रुपान्तरणको अभ्यासलाई जारी राख्ने जनाए। डाइनामिक क्युआर पेमेन्ट सिस्टमको माध्यमबाट २ लाख रुपैयाँसम्मको भुक्तानी ६० भन्दा बढी बैंक, सहकारी, लघुवित्त तथा मोबाइल वालेट एप्लिकेसनद्वारा सहजै गर्न सकिनेछ। अरु क्षेत्रमा डाइनामिक क्युआर पहिलेदेखि नै प्रचलनमा भएपनि जीवन बीमा छेत्रमा भने यो नयाँ अभ्यास हो । हरेक ग्राहकको लागि फरक–फरक क्युआर बन्ने र भुक्तानी गर्नसाथ आफै सिस्टममा अपडेट हुने यसको विशेषता हो। 

कार्यकममा नेपाल लाइफका कर्मचारी, अभिकर्ता र ग्राहकहरुको बाक्लो उपस्थिति रहेको थियो ।  कार्यक्रममा बोल्दै ई—सेवाका प्रबन्धक आशिष गौतमले नेपालकै सर्वाधिक विश्वासिलोे नेपाल लाइफ इन्स्योरेन्समा यो सेवाको शुभारम्भ गर्न पाएकोमा कम्पनी प्रति कृतज्ञता जाहेर गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .