ad ad

कारोबार


एकैसाथ नेपाल भित्रिए दुई विदेशी मदिरा ब्राण्ड, कुन घरानाले गर्दै छन् उत्पादन?

एकैसाथ नेपाल भित्रिए दुई विदेशी मदिरा ब्राण्ड, कुन घरानाले गर्दै छन् उत्पादन?

दीपक भट्ट
भदौ १०, २०७९ शुक्रबार ७:१८, काठमाडौँ

पछिल्लो समय नेपालको मदिरा बजार ठूलो हुँदै गइरहेको छ। आयातित वा नेपालमै उत्पादन हुने दुवैखाले मदिराको खपत बढ्दै गएको छ।

नेपालमै धेरै विदेशी ब्राण्डमा मदिराहरु उत्पादन भइरहेका छन्। त्यसमा अझै दुई विदेशी ब्रान्ड थपिएका छन्। नेपाल लिकर्स प्रालि र जावलाखेल ग्रुप अफ कम्पनिजले दुई फरक–फरक विदेशी ब्राण्डका भोड्का भित्र्याएका हुन्। 

नेपाल लिकर्स प्रालिले रसियन ब्राण्डको स्मिर्नअफ भोड्का नेपाल भित्र्याएको हो। विश्व प्रख्यात स्मिर्नअफ भोड्काको उत्पत्ति राष्ट्र (ओरिजिन) रसिया हो। कम्पनीले नेपालमै अब यसको उत्पादन सुरु गर्न लागेको छ। 

नेपाल लिकर्स प्रालिका कार्यकारी प्रमुख राजेश वीर सिंह तुलाधर हुन्।

नेपाल लिकर्स कम्पनीले एन्टिक्विटी ब्लु ह्विस्की, सिग्नेचर प्रिमियर ह्विस्की, सिग्नेचर रेयर ह्विस्की, म्याकडोवेल्स नम्बर १ ह्विस्की, रोयल च्यालेन्ज फाइनेस्ट प्रिमियम ह्विस्की, म्याकडोवेलको नम्बर १ सेलिब्रेसन रम, म्याकडोवेल कार, गोल्डन कार एक्सएक्सएक्स लगायतका विभिन्न ब्राण्डका १४ वटा उत्पादन छन्।

ब्रान्डी, ह्वाइट मिस्चिफ भोड्का, रोमानोभ भोड्का, ब्यागपाइपर ह्विस्की र ब्लू रिब्यान्ड जिनलगायतका मदिरा उत्पादन गर्दै आएको छ।

कस्तो ब्राण्ड हो स्मिर्नअफ भोड्का?
यस ब्राण्डको ओरिजन अफ कन्ट्री रसिया भए पनि बेलायती कम्पनी डायजियोले उत्पादन गर्दै आएको छ।

यो सन् १८६४ मा स्थापित कम्पनी हो। अहिले अमेरिका, क्यानडा, ब्रिटेन, इटाली, अष्ट्रेलिया, जमैका, ब्राजिल, अर्जेन्टिना, भारत, इन्डोनेसिया र केन्यामा उत्पादन हुन्छ। अब नेपालमा समेत सुरु भएको हो। 

यसमा अल्कोहलको मात्रा ३५ देखि ५० प्रतिशतसम्म हुन्छ। यसको वितरण १३० देशहरुमा हुँदै आएको छ। सन् २०१४ मा स्मिर्नअफ विश्वको सबैभन्दा धेरै बिक्री हुने भोड्कामा दर्ज भएको थियो। यो विभिन्न स्वादहरुमा उपलब्ध हुने गरेको छ। कम्पनीले स्मिर्नअफ नं. २१ भोड्कालाई विश्व नं. १ भोड्का भनेको छ। यसको तीनचोटि डिस्टाइल्ड र १० चोटि फिल्टर गरिएको कम्पनीले जनाएको छ। 

जावलाखेल ग्रुप​ले भित्र्यायो अमेरिकन स्काई भोड्का
यता जावलाखेल ग्रुप अफ कम्पनिजअन्तर्गतको विजय डिस्टिलरीले पनि अमेरिकी ब्राण्डको स्काई भोड्का नेपाल भित्र्याएको छ। विश्वविख्यात यस भोड्का नेपालमा समेत उत्पादन गर्न लागेको हो। 

स्काई भोड्काका संस्थापक मौरिस कानबार हुन्। अहिले यो भोड्का विश्वभर फैलिएको छ। 

विजय डिस्टिलरी प्रालिका संस्थापक विजय शाह हुन्। यसले आफ्नो उच्चस्तरीय प्रक्रियाहरू, सुविधाहरू र प्रणालीहरूको लागि विभिन्न सरकारी र गैरसरकारी संस्थाहरूबाट अन्तर्राष्ट्रिय मान्यता र प्रमाणीकरणहरू प्राप्त गरेको छ।

यस उद्योगले आईएसओ प्रमाणित गुणस्तर व्यवस्थापन प्रणाली आईएसओ ९००१ः २०१५, खाद्य सुरक्षा व्यवस्थापन प्रणाली आईएसओ २२०००ः२०१८, वातावरण व्यवस्थापन प्रणाली आईएसओ १४००१ ,२०१५, व्यावसायिक स्वास्थ्य र सुरक्षा व्यवस्थापन प्रणाली आईएसओ ४५००१ः २०१५, ऊर्जा व्यवस्थापन प्रणाली आईएसओ ५००१ः २०१८ र डीएनभी. जीएल प्रमाणीकरण निकाय, भारतबाट राम्रो उत्पादनको प्रमाणपत्र हासिल गरिसकेको छ। 

विजय डिस्टिलरीले नेपालको पहिलो र एकमात्र मिश्रित माल्ट स्कच ह्विस्की मास्टर सेलेक्सन, समूहको प्रमुख ब्रान्ड रुस्लान भोड्का उत्पादन गर्दै आएको छ। 

त्यसका अलावा नेपालको पहिलो अल्ट्राप्रिमियम भोड्का रुस्लान, नेपालको पहिलो खान मिल्ने सुनइन्फ्युज्ड ह्विस्कीसहित विभिन्न प्रकारका मदिराहरू उत्पादन गर्छ।

रुस्लान गोल्ड रिजर्व भोड्का, हिमालयन ब्रान्डी, ग्रान्ड मास्टर एक्सएक्सएक्स रम र रातो रूसी समेत उत्पादन गर्दै आएको छ। परासी जिल्लाको रामग्राममा अवस्थित यस डिस्टिलरीमा विज्ञहरूको टोलीद्वारा व्यवस्थापन गरिएको पूर्ण स्वचालित मेसिनरीसहितको उन्नत प्रविधि प्रयोग गरिएको छ। सोही कम्पनीबाट विश्व प्रख्यात स्काई भोड्का समेत उत्पादन गर्न लागेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .