ad ad

कारोबार


सानिमा बैंकको शैक्षिक छात्रवृत्तिको आवेदन खुल्ला

सानिमा बैंकको शैक्षिक छात्रवृत्तिको आवेदन खुल्ला

नेपालखबर
साउन २३, २०७९ सोमबार १३:३८, काठमाडौँ

सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई वहन गर्ने क्रममा शिक्षा, स्वास्थ्य लगायत अन्य क्षेत्रहरुमा विपन्न वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

यसै अनुरुप सानिमा बैंकले विगत लामो समयदेखि काठमाडौं उपत्यकाबाहिरका प्रत्येक शाखाहरुबाट कक्षा ११ र १२ का लागि २–२ जना विद्यार्थीलाई विद्यार्थीकै रोजाइको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ। 

सोही कार्यक्रमलाई निरन्तरता दिंदै यस बैंकले उच्च माध्यमिक तह (प्लस टु) अध्ययन गर्नका लागि काठमाडौं उपत्यकाबाहिरका शाखाहरुबाट छात्रवृत्ति आवेदन खुला गरेको छ। 

उक्त छात्रवृत्तिअन्तर्गत शैक्षिक शुल्क, शैक्षिक सामग्री र नगदवृत्ति दुई हजार रुपैयाँ (प्रति महिना) गरी प्रत्येक विद्यार्र्थीलाई ५० हजार रुपैयाँसम्मको छात्रवृत्ति प्रदान गरिने बैंकले जनाएको छ। 

छात्रवृत्ति आवेदन २०७९ भदौ ३१ गतेसम्म दिन सकिनेछ। यस छात्रवृत्ति सम्बन्धी विस्तृत जानकारी बैंकको वेबसाइटबाट लिन सकिने कम्पनीले जनाएको छ।   

सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा एटीएम सञ्चालनमा रहेका छन् । 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .