कारोबार


‘ओप्पो ए७७’ नेपालमा, मूल्य २५ हजार ९९९

‘ओप्पो ए७७’ नेपालमा, मूल्य २५ हजार ९९९

नेपालखबर
साउन १५, २०७९ आइतबार १६:२०, काठमाडौँ

‘ओप्पो ए७७’ नेपालमा सार्वजनिक भएको छ। 

यो फोन २डी अल्ट्रा स्लिम बडी डिजाइन र उच्च सुरक्षा मापदण्डहरुसहित उत्पादकता सुविधाहरूले भरिएको कम्पनीले जनाएको छ। 

कम्पनीका अनुसार कार्यक्षमता, उपस्थिति र मनोरञ्जनका अनुभवहरू यसमा अघिल्लो फोनमाभन्दा धेरै छन्। 

‘हामी यस्तो युगमा बाँचिरहेका छौँ जहाँ हामी सबै जीवनको आनन्दलिन चाहन्छौँ’, ओप्पो नेपालका प्रमुखकार्यकारी अधिकृत जोनलीले भने। 

ओप्पो ए५७मा ५००० एमएएच ब्याट्री ६.५६ एच्डी + कलर–रिच डिस्प्ले, हाई – इन्ड प्रोसेसर, भरपर्दो हार्डवेयर र सफ्टवेयरका साथ आईपीएक्स४ वाटर रेसिस्टेन्स र सामान्य किसिमले चलाउँदा हुने स्क्यार्चबाट पनि बच्न सकिने कम्पनीको दाबी छ। 

यो फोनमा ५० एमपी प्राइमरी क्यामेरा र २ एमपी डेप्थ सेन्सर तथा अगाडि ८ एमपीको सेल्फी क्यामेरा रहेको छ। दुवैबाट १०८० पी मा भिडिओ खिच्न सकिन्छ। 

यसमा ६० हर्ज रिफ्रेस दरको साथ ६.५६ इन्च एच्डी+आइपी एसप्यानल रहेको छ। 

ओप्पोए७७मा मिडिया टेक हेलियो जी३५ ४ जीबी ¥याम र १२८ जिबी इन्टर्नल स्टोरेज छ। 

कलर्सओएस १२.१ रहेको फोनले एन्ड्रोइड १२ मा आधारित सफ्टवेयर पक्षलाई ह्यान्डल गर्छ। 

ओप्पो ए७७ चार जीबी ¥याम र १२८ जीबी रोमसँगै आएको छ। यसले १ टीबीसम्मका एसडी कार्डहरुलाई पनि समर्थन गर्ने कम्पनीले जनाएको छ। 

यो फोन स्काई ब्लू र सनसेट ओरेन्ज रङहरूमा फाइबर ग्लास–लेदर डिजाइनको साथ उपलब्ध छ। खुद्रा बजारमा यसको मूल्य २५ हजार ९९९ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .