कारोबार


जिली एक्स ५ र जेवाई एयर नाडा अटो शोमा सार्वजनिक, मूल्य कति?

जिली एक्स ५ र जेवाई एयर नाडा अटो शोमा सार्वजनिक, मूल्य कति?

नेपालखबर
भदौ ३, २०८२ मंगलबार १६:३९, काठमाडौँ

चिनिँया ईभी ब्रान्ड जिली एक्स ५ र जेवाई एयरका गाडीहरु आज मंगलबारदेखि सुरु भएको नाडा को उद्घाटन समारोहको क्रममा औपचारिक रूपमा सार्वजनिक गरिएको छ।

सार्वजनिक भएसँगैं जिली एक्स ५ म्याक्स र प्रो साथै जेवाई एयर अल्ट्रा र लाइट अत्याधुनिक सुविधाहरू र आकर्षक छुटसहित नेपाली उपभोक्ताहरूका लागि आजदेखि टेष्ट ड्राइभ र खरिद दुवैका लागि उपलब्ध भएका छन्। 

ड्रिम स्मार्ट चाइनाको अधिकृत आयातकर्ता एलआरआर मोटर्सले नेपालमा जिली एक्स५ भित्र्याएको हो भने एलआरआर मोटर्स जेवाई अटो ग्रुपको नेपालको लागि पनि आधिकारिक आयातकर्ता रहेको छ । 

यस वर्षको नाडा अटो शोमा कम्पनीले अटोप्रेमी र खरिदकर्ताहरूका लागि विशेष छुट योजना घोषणा गरेको छ। अब ग्राहकहरूले आकर्षक जिली एक्स५ म्याक्स ६४.९९ लाखमै घर लैजान सक्नेछन्, जुन वास्तविक मूल्यभन्दा ३ लाख कम हो। त्यस्तै, स्टाइलिश जिली एक्स ५ प्रो ५४.९९ लाखमा उपलब्ध छ, जब कि यसको वास्तविक मूल्य ५८ लाख कायम भएको थियो । 

त्यसैगरी, जेवाई एयर का प्रिमियम मोडलहरूमा पनि आकर्षक छुट योजना ल्याइएको छ। सुरुमा ६८ लाखको मूल्य रहेको जेवाई एयर अल्ट्रा अहिले ६४.९९ लाखमा उपलब्ध छ भने सुरुमा ५४ लाख मूल्य भएको जेवाई एयर लाइट केवल ४९.९९ लाखमै खरिद गर्न सकिनेछ। यी विशेष अफरहरूसँगै, एलआरआर मोटर्सले  स्टाइल, फिचर र दिगोपनामा रुचि राख्ने नेपाली उपभोक्ताहरूमाझ ई–मोबिलिटीलाई अझ सहज र आकर्षक बनाउन लागेको छ।

यसैगरी, एलआरआर मोटर्सले जिली एक्स ५ र जेवाई एयर दुवै मोडल खरिद गर्ने ग्राहकहरूका लागि विशेष बुकिङ योजना पनि घोषणा गरेको छ। २ लाखको ननरिफन्डेबल बुकिङ गर्ने खरिदकर्ताले छुटसहितको मूल्य सुनिश्चित गर्नुका साथै आईफोन १६ प्रो म्याक्स, वा एक तोला सुन, वा १ लाख ८० हजार रुपैयाँसम्मको नगद छुट मध्ये कुनै एक पाउने अवसर प्राप्त गर्नेछन्।

यो सीमित अवधिको अफरले ग्राहकलाई थप मूल्य प्रदान गर्नेतर्फको कम्पनीको प्रतिबद्धता झल्काउने तथा ई–मोबिलिटीलाई अझ आकर्षक बनाउने कम्पनीको विश्वास लिएको छ । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad