राजनीति


बहुमतका बलमा उपसभामुख हटाए एकात्मक शासनतिर देश जान्छ, सरकारले गल्ती नगरोस् : विपक्षी दल

बहुमतका बलमा उपसभामुख हटाए एकात्मक शासनतिर देश जान्छ, सरकारले गल्ती नगरोस् : विपक्षी दल

नेपालखबर
भदौ ३, २०८२ मंगलबार १६:४४, काठमाडौँ

प्रमुख प्रतिपक्षी दलसहितका विपक्षी दलले बहुमतका अधारमा उपसभामुख इन्दिरा रानामगरलाई हटाए देश एकात्मक शासनमा जाने भन्दै त्यस्तो नगर्न सरकारलाई चेतावनी दिएका छन्। 

सिंहदरबारमा बसेको विपक्षी दलको बैठकमा सहभागी नेपाल समाजवादीका अध्यक्ष महेन्द्र राय यादवले उपसभामुखलाई हटाए सडकदेखि सदनसम्म सबै विपक्षी एक भएर प्रतिवाद गर्ने निर्णय गरेको जानकारी नेपालखबरलाई दिए।

‘उपसभामुखलाई बिना कारण, बिना प्रमाण, बिना आधार यसरी सत्ता पक्षले बहुमतको आधारमा यसरी अभियोग लगाउँदा देशमा कुशासन सुरु हुन्छ,’ बैठकको निष्कष सुनाउँदै उनले भने, ‘यसरी गर्न उचित हुँदैन। यस्तो काम सरकारले नगरोस्।’

‘यसले देश एकतात्मक शासनतिर जान्छ। यस्ता काममा सरकार नलागोस्,’ उनले थपे।

उपसभामुखविरुद्ध यस्ता कुनै ठोस प्रमाण नभएको भन्दै सरकारले बिना प्रमाण हटाउने काम गरे विपक्षीदलहरुले एक भएर प्रतिवादन गर्ने निर्णय समेत गरेको यादवले बताए।

‘सबै प्रतिपक्षी दलले यो मुद्दामा एकमत भएर सदनदेखि सदनसम्म जस्तो अवस्थासम्म पनि जान सक्ने भन्ने भएको छ,’ उनले भने, ‘उपसभामुख राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरमा धेरै नाम कमाउनु भएको छ। उहाँ अहिले पनि बाहिरै हुनुहुन्छ। धेरै मान्छेले सम्मान गरेका छन्।’ 

‘उहाँलाई हटाउनलाई प्रमाण त हुनुपर्‍यो नि, त्यसै आधारमा हामीले सरकारलाई यस्तो नगर्न सचेत गराएको हो,’ यादवले थपे।

माओवादी संसदीय दलको कार्यालयमा बसेको बैठकमा माओवादी केन्द्रबाट प्रचण्ड,नारायणकाजी श्रेष्ठ र हितराज पाण्डे,रास्वपाबाट डोलप्रसाद अर्याल र सन्तोष परियार,राप्रपाबाट वुद्धिमान तामाङ र ध्रुवबहादुर प्रधान, एकीकृत समाजवादी राजेन्द्र पाण्डे र शेरबहादु कुवँर, आम जनता पार्टीबाट प्रभु साह र नेपाल समाजवादी पार्टीबाट महेन्द्रराय यादव उपस्थित रहेका थिए।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad