सरकारले दीर्घकालीन पुँजी निर्माण गर्ने नीति अघि सार्दै विभिन्न बन्ड बजार ल्याउने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारको दीर्घकालीन पुँजी निर्माण नीतिबारे जानकारी दिएका हुन्।
‘ऋण बजार, बन्ड बजार, पुवर्धार बन्ड र जोखिम व्यवस्थापन उपकरण विकास गरी दीर्घकालीन पुँजी निर्माण गरिनेछ’ उनले भने।
त्यसैगरी वैकल्पिक विकास वित्त, डायस्पोरा पुँजी र निजी लगानी परिचालन गरी पूर्वाधार वित्त पोषणको नयाँ मोडल लागू गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
वैदेशिक सहायता र ऋण र निजी क्षेत्रको लगानीलाई उच्च प्रतिफल दिने आयोजनामा केन्द्रित गरिने सरकारले जनाएको छ।
66
Shares

प्रतिक्रिया