ad ad

कारोबार


उद्योग मन्त्रीको सय दिन : १०१ प्रगति, ९ रूग्ण उद्योग सञ्चालन गर्ने

उद्योग मन्त्रीको सय दिन : १०१ प्रगति, ९ रूग्ण उद्योग सञ्चालन गर्ने

नेपालखबर
जेठ ३१, २०८१ बिहिबार १९:२५, काठमाडौँ

उद्योग वाणिज्य तथा आपूर्ति  मन्त्री दामोदर भण्डारीले  स्वचालित प्रणाली ल्याई ८९ विदेशी उद्योग दर्ता भएको बताएका छन्। कार्यभार सम्हालेको १०० दिन पुगेको अबसरमा बिहीबार आफ्नो प्रगति विवरण सुनाउँदै यसलाई आधार बनाई आगामी दिनमा काम गर्ने बताए। 

मन्त्री भण्डारीले मुख्य रूपमा उद्योग दर्ताको अटोमेटिक रूट सञ्चालन र स्टार्टअप कर्जाकोलागि १८३ परियोजना छनोट रहेको बताएका छन्। उनले अनुसार स्टार्टअप कर्जाकोलागि १८३ परियोजना छनोट भएको बताए। 

९ वटा रूग्ण उद्योग सञ्चालन गर्ने मोडालिटी तयार पारिएको उनले जानकारी दिए। गोरखकाली रबर उद्योग, बुटवल धागो कारखान र हेटौडा कपडा उद्योगलाई प्रथमिकता दिएको मन्त्री भण्डारीले सुनाए।

१०० दिनमा स्थानिय मदिरा ब्रान्डलाई प्रोत्साहन गरिएको र दैलेखमा २५८ मिटर खनि पेट्रोलियम पदार्थको अन्वेशण गरिएको उनले जिकिर गरे। 

मन्त्री भण्डारीले आगामी दिनमा ५ दलको साझा कार्यक्रम, सरकारको नीति तथा कार्यक्रम र बजेटको आधारमा काम गर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .