ad ad

कारोबार


आयकरमा ४ व्यवस्था संशोधन : अवकाश योगदान र कर मिलान रकमको सीमा बढ्यो, अरू के के?

आयकरमा ४ व्यवस्था संशोधन : अवकाश योगदान र कर मिलान रकमको सीमा बढ्यो, अरू के के?

नेपालखबर
जेठ ३१, २०८१ बिहिबार १४:४६, काठमाडौँ

आन्तरिक राजस्व विभागले आयकरमा ४ वटा व्यवस्था संशोधन गरेको छ। बजेटपछि संशोधित व्यवस्थाले केही व्यवस्था थप गर्दा केही हटाएको हो। 

आयकर नियमावली २०५९ मा संशोधन गर्दै बैंक खाताको विवरण बुझाउनुपर्ने व्यवस्था थप गरेको छ। करदाताले व्यवसायको नाममा खोलिएको बैंक खाताको विवरण विभागले निर्धारण गरेबमोजिम बुझाउनुपर्नेछ। 

अवकाश योगदानको सीमालाई पनि बढाइएको छ। कुनै आय वर्षमा स्वीकृत अवकाश कोषको व्यक्तिले अवकाश कोषमा अवकाश योगदान गर्दा ३ लाख रुपैयाँ वा निजको निर्धारणयोग्य आयको एकतिहाइमा जुन घटी हुन्छ, सो रकमसम्म आफ्नो करयोग्य आयबाट घटाउन सकिने व्यवस्थाको सीमा ५ लाखसम्म पुर्‍याएको हो। 

तर योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन २०७४ बमोजिम स्थापना भएको सामाजिक सुरक्षा कोषमा योगदान गर्ने कोषको हितकारी प्राकृतिक व्यक्तिले अवकाश कोषमा अवकाश योगदान गर्दा ५ लाख रुपैयाँ वा आयको एक तिहाइमा जुन घटी हुन्छ सो रकमसम्म आफ्नो करयोग्य आयबाट घटाउन सकिने व्यवस्था हटाएको छ। 

विभागले कर मिलान गर्न सकिने सीमा बढाएको छ। हाल ७१५ रुपैयाँ कर मिलान गर्न सकिनेमा अब दफा ५१ को उपदफा ३ बमोजिम १५ सय रुपैयाँ मिलान गर्न सकिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .