कारोबार


लालसागरमा हुथीको आक्रमणपछि ब्यारेलकै ९८ डलर पुग्यो कच्चा तेल

लालसागरमा हुथीको आक्रमणपछि ब्यारेलकै ९८ डलर पुग्यो कच्चा तेल

नेपालखबर
साउन ७, २०८३ बिहिबार १४:४७, काठमाडौँ

कच्चा तेलको मूल्य सातायताकै उच्च भएको छ। 

लालसागरमा कच्चा तेल बोकेका ट्यांकरमाथि यमनको हुथी विद्रोहीले गरेको आक्रमणपछि सातायताकै मूल्यवृद्धि भएको हो। 

सीएनएनका अनुसार बिहीबार प्रतिब्यारेल कच्चा तेल मूल्य ९८ अमेरिकी डलर पुगेको छ। हुथीलाई इरानको समर्थन रहेको मानिन्छ। इरानमाथि अमेरिकाले लगातारजसो आक्रमण गरिरहेको छ। 

युद्धविरामका लागि भएको सहमति कार्यान्वयन नहुँदा पश्चिम एसियामा पुनः तनाव बढिरहेको छ। 
बिहीबार ब्रेन्ट क्रुड ३.९ प्रतिशतले बढेको छ भने वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटीआई) २.९ प्रतिशतले बढेर ८९ डलर पुगेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad