कारोबार


४२ दिनका लागि ५० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक

४२ दिनका लागि ५० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक

नेपालखबर
साउन ४, २०८२ आइतबार १२:३०, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आइतबार ५० अर्ब निक्षेप संकलन गर्ने भएको छ। 

केन्द्रीय बैंकका अनुसार ४२ दिनका लागि क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुबाट उक्त रकम खिच्न लागिएको हो। 

निक्षेप संकलन उपकरणद्वारा तान्न लागिएको रकमको सावाँ तथा ब्याज भुक्तानी आगामी भदौ १५ गते गरिनेछ।

इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल लगाउन सक्नेछन्। 

बोलकबोलमा अनलाइन बिडिङ प्रणाली सफ्टवेयरबाट आज अपराह्न ३ बजेसम्म सहभागी हुन सकिनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad