बागमती


काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षामा १० हजार विद्यार्थी उत्तीर्ण, कतिले पाउँछन् अवसर?

काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षामा १० हजार विद्यार्थी उत्तीर्ण, कतिले पाउँछन् अवसर?

नेपालखबर
साउन ४, २०८२ आइतबार १२:३१, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्तिका लागि लिएको परीक्षामा १० हजार ८६७ जना विद्यार्थी उत्तीर्ण भएका छन्।

शनिबार सम्पन्न परीक्षाको नतिजा महानगरले आज सार्वजनिक गरेको हो।

महानगरका अनुसार, परीक्षामा १४ हजार १७३ जना विद्यार्थी सहभागी भएका थिए।

उत्तीर्ण परीक्षार्थीमध्ये ४ हजार ४९९ जना विद्यार्थीले छात्रवृत्तिको अवसर प्राप्त गर्ने अनुमान रहेको महानगरपालिकाका सूचना अधिकारी नुरनिधि न्यौपानेले बताए।

यस परीक्षामा शिक्षा संकायमा २५ वटा कोटा रहेकोमा ९ जाना छात्रा र १० जना छात्र गरी १९ जना विद्यार्थी उत्तीर्ण भएका छन्।

मानविकी संकायमा ११९ कोटा रहेकोमा ४ छात्रा र २ छात्र ६ जना उत्तीर्ण भएका छन्।

कानुनमा १०५ जनाको कोटा रहेकोमा ७३ छात्रा र ६२ छात्र गरी १३५ जना उत्तीर्ण भएका छन्।

व्यवस्थापनमा २ हजार ३१९ जनाको कोटा रहेकोमा ६९० छात्रा र १ हजार २६७ छात्र गरी १ हजार ९५७ जना उत्तीर्ण भएका छन्।

विज्ञानमा १ हजार ९३१ जनाको कोटा रहेकोमा ८ हजार ७५० जना उत्तीर्ण भएका छन्। विज्ञातर्फ उत्तीर्णमध्ये ३ हजार २८८ छात्रा, ५ हजार ४६० छात्र र २ जना अन्य छन्।

उत्तीर्ण विद्यार्थीले काठमाडौँ महानगरभित्रका १६१ वटा संस्थागत (निजी) विद्यालयमध्ये आफूले आवेदन भर्ने समयमा प्रथमिकताको आधारमा राखेका विद्यालयमा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न पाउनेछन्। यसको लागि विषय पनि पहिले आवेदन भर्दा छनोट गरिएको नै हुनेछ।

चित्त नबुझे पुनर्योग गर्न पाइने
नतिजामा चित्त नबुझेका विद्यार्थीले पुनर्योग गर्न पाउनेछन्। त्यसका लागि साउन ५ गतेसम्म पुनर्योगका लागि निवेदन दिन पाइने न्यौपानेले बताए।

पुनर्योगको नतिजा प्रकाशनपछि मात्र परीक्षामा उत्तीर्ण विद्यार्थीको नाम महानगरको शिक्षा विभागले नामांकनको सूची प्रकाशन गर्नेछ। कुन विद्यालयमा कति नम्बरमा परेको छ भन्ने त्यसपछि मात्र यकिन हुनेछ।

पहिलो नामांकन भएपश्चात् तीन दिनसम्म उनीहरूले कलेजमा भर्ना हुने म्याद पाउनेछन्।

तीन दिनमा भर्ना नभएर बाँकी रहेका कोटाका लागि दोस्रोपटक नामांकन गरिन्छ। दोस्रो पटकबाट पनि खाली रहेका सिटमा कसैले आफ्नो विषय परिवर्तन गर्न चाहेमा तिनलाई समावेश गरिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad