कामना विकास बैंकले सेयरधनीलाई लाभांश दिन सक्ने क्षमता बढाएको छ।
बैंकले चालू आर्थिक वर्षको वार्षिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै ६० करोड बढीको लाभांश क्षमता देखाएको हो।
बैंकले यो वर्ष ६३ करोड ५२ लाख रुपैयाँ खुद नाफा गरेको छ। गत वर्षको तुलनामा उक्त नाफा ९.१९ प्रतिशतले बढेको हो।
गत आवमा बैंकले ५८ करोड १८ लाख रुपैयाँ नाफा कमाएको थियो। बैंकले नाफामा सुधार गरेसँगै लगानीकर्तालाई लाभांश दिने क्षमता पनि बढेको हो।
गत आवको नाफाबाट बैंकले ६० करोड ७४ लाख रुपैयाँ बराबरको वितरणयोग्य नाफा देखाएको हो।
उक्त नाफाबाट बैंकले सेयरधनीलाई प्रतिकित्ता १७ रुपैयाँ ३० पैसाका दरले लाभांश दिनसक्ने क्षमता राख्छ। गत वर्ष बैंकले ४१ करोड १२ लाख रुपैयाँ बराबरको विरणयोग्य नाफा देखाएको थियो।
बैंकको नाफासँगै अन्य वित्तीय सूचकहरु पनि सुधारिएका छन्।
Shares

प्रतिक्रिया