कारोबार


लामो समयका लागि सस्तो दरमै बैंकहरूले राख्न थाले राष्ट्र बैंकमा निक्षेप

लामो समयका लागि सस्तो दरमै बैंकहरूले राख्न थाले राष्ट्र बैंकमा निक्षेप

नेपालखबर
असार ११, २०८२ बुधबार १२:४६, काठमाडौँ

बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकमा राख्ने निक्षेप बढाएका छन्। 

तरलता व्यवस्थापन गर्न नसकिरहेका बैंकहरुले २.९९ प्रतिशतको ब्याजदरमै निक्षेप राख्दै आएका हुन्।

राष्ट्र बैंकले यसअगाडि २१ दिने निक्षेप संकलन जारी गर्दै आएकोमा तरलता व्यवस्थापनमा आवश्यक सुधार नदेखिएपछि क्रमशः ४२ दिने र ६३ दिने निक्षेप संकलन नामक मौद्रिक उपकरण जारी गर्न थालेको छ। 

बुधबार राष्ट्र बैंकले ६३ दिने निक्षेप संकलन गर्न लागेको छ। बैंकहरुले कर्जा प्रवाह गर्न नसकेको रकम थोरै ब्याजमा भए पनि यस्ता लामो अवधिका मौद्रिक उपकरणमा गर्ने लगानी बढाएसँगै राष्ट्र बैंकले निक्षेप संकलनलाई बढाएको हो। 

बुधबार राष्ट्र बैंकले ६३ दिनका लागि ५० अर्ब रकम खिच्दै छ। यसअघि बैंकले असार ८ गते ४२ दिनका लागि ६० अर्ब रकम निक्षेप माग गरेकामा १२ वटा बैंक तथा वित्तीय संस्थाहरु बोलकबोलमा सहभागी भएर ५६ अर्ब २० करोड रुपैयाँ २.९९ प्रतिशतमा निक्षेप राखेका थिए। 

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको ४० अर्बको निक्षेप आजै फुकुवा गर्ने भएपछि पुनः बजारबाट ५० अर्ब तान्न लागेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad