बैंक तथा वित्तीय संस्थाहरूमा तरलता बढी भएपछि व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले धमाधम पैसा तान्न थालेको छ।
बुधबार पनि राष्ट्र बैंकले २१ दिने निक्षेप संकलन उपकरणमार्फत बैंक तथा वित्तीय संस्थाहरुबाट ८० अर्ब रुपैयाँ प्रशोचन गर्न लागेको हो।
गत जेठ ११ गते ३० अर्ब रुपैयाँ तानेको राष्ट्र बैंकले ३ दिनपछि पुन: ८० अर्ब रुपैयाँ तानेको हो।
बैंक तथा वित्तीय संस्थाहरुमा तरलता अधिक हुन थालेपछि पछिल्लो एक वर्षयता राष्ट्र बैंकले निरन्तर प्रशोचन गर्दै आएको छ।
औसत २.९९ प्रतिशत ब्याजमा बैंक तथा वित्तीय संस्थाहरुले रकम राष्ट्र बैंकमा निक्षेपमा राख्दै आएका छन्।
198
Shares

प्रतिक्रिया