कास्कीमा सात दिनको फरकमा दोस्रोपटक भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज जेठ १४ गते बिहान ११ः५६ बजे कास्कीको फुलिबाङआसपास केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो।
सात दिनअघि जेठ ६ गते मात्र कास्कीकै सिनुवा आसपास केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको थियो।
यत्तिको भूकम्पले खासै क्षति गर्ने सम्भावना नहुने भूकम्पविद् बताउँछन्।
यही जेठ ९ गते पनि बैतडीको सदरमुकाम खलङ्गा केन्द्रबिन्दु ५.१ म्याग्निच्युडको भूकम्प गएको थियो।
288
Shares

प्रतिक्रिया