नबिल बैंकले २० वर्षदेखि निष्क्रिय खाता रहेका खातावाहकलाई सक्रिय गर्न आगामी असार १५ सम्मको समय दिएको छ।
एक सूचना जारी गर्दै बैंकले असार १५ भित्र खाता सक्रिय गर्न वा कानुनअनुसार हकदाबी गर्न ग्राहकलाई अनुरोध गरेको हो।
बैंकले भनेको छ, ‘यस नबिल बैंक लिमिटेड (साबिक नेपाल बंगलादेश बैंक लिमिटेड तथा युनाइटेड फाइनान्स लिमिटेड)मा खाता खोलिएको र विगत २० वर्षदेखि सञ्चालनमा नभई निष्क्रिय अवस्थामा रहेका खाताहरुका खातावालहरु वा सो खाताको कानुनी हकवालाहरुले बैंकमा सम्पर्क राखी २०८२ असार १५ भित्र खाता सक्रिय गर्नुहुन वा कानुनबमोजिम हकदाबी गर्नुहुन अनुरोध गर्छौँ।’
सो समयमा सक्रिय नगरे बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा ११२ को उपदफा ३ तथा नेपाल राष्ट्र बैंकको इ.प्रा. निर्देशन १६÷०८१ को बुँदा नम्बर ३ (४) अनुसार २० वर्षसम्म बुझ्न नआएको वा कसैको हकदाबी पर्न नआएका निक्षेप रकम नेपाल राष्ट्र बैंकको बैंकिङ विकास कोषमा जम्मा गर्नुपर्ने प्रावधान भएकोले सोहीअनुसार निष्क्रिय खातामा रहेको रकम सो कोषमा जम्मा हुने बैंकले उल्लेख गरेको छ।
कोषमा रकम जम्मा भइसकेपछि यस्ता खातामा रहेका सावाँ तथा सोमा प्राप्त हुने ब्याज भुक्तानीको दायित्व आफ्नो नहुने नबिलले जनाएको छ।
Shares

प्रतिक्रिया