यसपटक हङकङको न्यूनतम ज्यालामा ६.७ प्रतिशत वृद्धि, डेढ दशकयता कहिले कति बढ्यो?

यसपटक हङकङको न्यूनतम ज्यालामा ६.७ प्रतिशत वृद्धि, डेढ दशकयता कहिले कति बढ्यो?

मङककमा ड्युटीमा रहेका सफाइ कर्मचारी (एससीएमपी)


नेपालखबर
बैशाख २२, २०८२ सोमबार १८:३३, हङकङ

सरकारको प्रमुख निर्णायक थलो कार्यकारी परिषद्‌को सिफारिसपछि हङकङका सबैभन्दा कम तलब पाउने कामदारहरूको गत बिहीबारबाट तलब वृद्धि भयो।

योसँगै यसअघि उनीहरूले पाउँदै आएको प्रतिघण्टा न्यूनतम ज्याला ४० हङकङ डलरबाट बढेर अब ४२.१० हङकङ डलर पाउनेछन्।

हङकङले सन् २०११ बाट वैधानिक न्यूनतम ज्याला सुरु गरेको हो। जतिबेला प्रतिघण्टा २८ हङकङ डलरबाट सुरु गरिएको थियो। जसको समीक्षा प्रत्येक दुई वर्षमा गरिन्छ।

२०११ मा सुरु गरिएको न्यूनतम ज्याला यसको दुई वर्षपछि सन् २०१३ मा ७ प्रतिशतले बढेर ३० हङकङ डलर पुगेको थियो। त्यसपछि २०१५ मा ८.३ प्रतिशतले बढेर ३२.५० हङकङ डलर र २०१७ मा ६.२ प्रतिशतले बढेर ३४.५० हङकङ डलर पुगेको थियो। २०१९ मा भने यो ८.७ प्रतिशतले बढेर ३७.५० हङकङ डलर पुग्यो।

कोभिड-१९ महामारीका बेला चार वर्षको स्थिरतापछि सन् २०२३ मा प्रतिघण्टा ४० हङकङ डलर पुर्‍याइएकोमा यस पटक ६.७ प्रतिशतको वृद्धिसँगै २.५० हङकङ डलर बढेको हो।

यसरी सन् २०११ मा २८ हङकङ डलरबाट सुरु भएको प्रतिघण्टा न्यूनतम ज्याला २०२५ सम्म आइपुग्दा ४२.१० हङकङ डलरसम्म पुगेको छ।

यो ज्यालादर विशेषगरी सफाइ कर्मचारी, सुरक्षा गार्ड जस्ता कामदारको हकमा लागू हुने गर्दछ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .