कारोबार


निष्क्रिय कर्जामा लचिलो बन्यो राष्ट्र बैंक, लगानीमा लाग्दै आएको ५ प्रतिशतको सीमा अब ८ प्रतिशत

निष्क्रिय कर्जामा लचिलो बन्यो राष्ट्र बैंक, लगानीमा लाग्दै आएको ५ प्रतिशतको सीमा अब ८ प्रतिशत

नेपालखबर
फागुन १९, २०८१ सोमबार १०:५५, काठमाडौँ

बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले गर्ने लगानीको नीतिमा फेरबदल गरेको छ।

राष्ट्रबैंकले कर्मचारी सञ्चय कोषको पैसा ५ प्रतिशत खराब कर्जा ननाघेका बैंक तथा वित्तीय संस्थाहरुमा लगानी गर्दै आएको थियो ।  

चालू आवको दोस्रो त्रैमासमा आइपुग्दा वाणिज्य बैंकहरुको धमाधम खराब कर्जा रेसियो ५ प्रतिशत माथि पुगेपछि राष्ट्रबैंकले लगानीको नीतिमा फेरबदल गरेको हो। 

बैंकले कोषको पैसा लगानी गर्दा ५ प्रतिशत तल हुनुपर्ने खराब कर्जा दरलाई बढाएर ८ प्रतिशतसम्म हुन पाउने व्यवस्था गरेको छ। 

राष्ट्र बैंकले आइतबार कर्मचारी सञ्चय कोषको ४ अर्ब ७९ लाख रुपैयाँका बैंक तथा वित्तीय संस्थामा निक्षेपमा राख्नका लागि सूचना जारी गरेको थियो। जसमा निक्षेप लिन बोलकबोलमा सहभागी हुने बैंक तथा वित्तीय संस्थाले आफ्नो खराब कर्जा दर ५ प्रतिशतभन्दा माथि नभएको प्रमाण पेश गर्नुपर्ने व्यवस्था थियो। 

राष्ट्र बैंकले उक्त व्यवस्थालाई परिवर्तन गर्दै खराब कर्जा (निष्क्रिय कर्जा) अनुपात ८ प्रतिशत र खुद खराब कर्जा अनुपात ३ प्रतिशत ननाघेको बैंक तथा वित्तीय संस्थालाई बोलकबोलमा सहभागी गराउने उल्लेख गरेको छ। यो व्यवस्थासँगै निक्षेप लिनबाट वञ्चित बनेका ४ वाणिज्य बैंकहरुले राष्ट्र बैंकको निक्षेप सुविधा उपयोग गर्न पाउने भएका छन्। 

त्यस्तै अन्य बैंक तथा वित्तीय संस्थाले पनि कुल निष्क्रिय कर्जा ८ प्रतिशत भएको खण्डमा राष्ट्र बैकको निक्षेप लिन पाउने भएका हुन् । यस अघि राष्ट्रबैंकले आफुले गर्ने लगानीमा भने ५ प्रतिशतको दर यथावत् राखेको भन्दै हटाउन बैंक तथा वित्तीय संस्थाहरुले माग गर्दै आएका थिए । सोही मागबमोजिम राष्ट्र बैक बैंकहरुप्रति लचिलो हो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad