ग्लोबल


कंग्रेस नेतृ हिमानी हत्यामा आत्मसमर्पण गर्दै युवकले भने: म उनको प्रेमी हुँ

कंग्रेस नेतृ हिमानी हत्यामा आत्मसमर्पण गर्दै युवकले भने: म उनको प्रेमी हुँ

फाइल तस्बिर: कंग्रेस नेतृ हिमानी नरवाल


नेपालखबर
फागुन १९, २०८१ सोमबार १०:५८, काठमाडौँ

भारतको हरियाणा कंग्रेस नेतृ हिमानी नरवालको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ। सचिन नामका व्यक्तिले  आइतबार राति अबेर नागलोई प्रहरी चौकीमा आत्मसमर्पण गरेपछि रोहतक प्रहरीले उनलाई हिरासतमा लिएको हो।

हत्याकाण्डबारे रोहतक प्रहरीले आज विस्तृत जानकारी दिने भए पनि केही ठूला खुलासा भइसकेका छन्।

हिमानी नरवालको हत्या गर्ने व्यक्ति बहादुरगढ नजिकैको गाउँका बासिन्दा हुन्।

सचिनबाट प्रहरीले हिमानीका मोबाइल फोन र गरगहना पनि बरामद गरेको छ।

प्रारम्भिक सोधपुछका क्रममा उनले हिमानीको घरमै हत्या गरेको स्वीकार गरेका छन्। हत्यापछि शवलाई सुटकेसमा हालेको पनि उनले बताएका छन्। 

यस क्रममा उनले आफू हिमानीको प्रेमी भएको र लामो समयदेखि सम्बन्धमा रहेको दाबी पनि गरेका छन्। 

उनले हिमानीबाट आफूलाई ब्ल्याकमेल गरिएको दाबी गरेका छन्। हिमानीलाई धेरै पैसा दिइसकेर पनि बारम्बार थप पैसा माग्ने गरेको आरोप पनि उनले लगाएका छन्। 

यसअघि हरियाणा प्रहरीले हिमानी नरवालको हत्या प्रकरण अनुसन्धानका लागि एसआईटी गठन गरेको छ। आइतबार (मार्च २) एक प्रहरी अधिकारीले घटनामा संलग्न अपराधीको खोजी गर्न विशेष अनुसन्धान टोली (एसआईटी) गठन गरिएको र रोहतक प्रहरीका चार टोली खटाइएको बताएका थिए।

शनिबार (मार्च १) का दिन हरियाणास्थित रोहतक जिल्लाको साम्पला बस स्ट्यान्डनजिकै सुटकेसमा हिमानी नरवालको शव फेला परेको थियो। २२ वर्षीया हिमानी रोहतकको विजय नगरकी बासिन्दा थिइन्। केही बटुवाले शंकास्पद अवस्थामा सुटकेस देखेपछि प्रहरीलाई खबर गरेका थिए। 

‘भारत जोडो यात्रा’का क्रममा कंग्रेस नेता राहुल गान्धीसँग हिमानी र उनको शव फेला परेको सुटकेस। तस्बिर : भारतीय सञ्चारमाध्यम।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad