नेपाल बैंकको अध्यक्षमा सहसचिव थान प्रसाद पंज्ञानी नियुक्त भएका छन्।
भ्रष्टाचार आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यक्ष डा.चन्द्रबहादुर अधिकारीलाई अनुसन्धानमा तानेपछि पंज्ञानीले अध्यक्ष हुने मौका पाएका हुन्।
बैंकको यही फागुन ९ गते बसेको सञ्चालक समितिको बैठकले अर्थ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख पंज्ञानीलाई अध्यक्ष नियुक्त गरेको हो।
सोसँगै उनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट शपथग्रहण गरेका छन्।
अख्तियारले उनको कार्यकक्ष नै सिल गरेर अनुसन्धान थालेसँगै अध्यक्षमा बैंकको सञ्चालक समितिले अर्थ मन्त्रालयका सहसचिव पंज्ञानीलाई नियुक्त गरेको हो।
सरकारको ५१ प्रतिशत सेयर स्वामित्व भएकै कारण उनी सरकारको प्रतिनिधिको रुपमा बैंकमा आएका हुन्।
यो पनि-
Shares

प्रतिक्रिया