कला


‘लाज शरणम्’ को अग्रिम बुकिङ उत्साहजक

‘लाज शरणम्’ को अग्रिम बुकिङ उत्साहजक

नेपालखबर
फागुन १३, २०८१ मंगलबार १७:१४, काठमाडौँ

फिल्म ‘लाज शरणम्’को अग्रिम बुकिङ उत्साहजनक देखिएको छ। सोमबार साँझबाट हलले अग्रिम बुकिङ खुला गरेको सिनेमामा उत्साहजनक टिकट बुकिङ देखिएको हो।

कतिपय हलका शो मंगलबार दिउँसो नै हाउसफुल भइसकेका छन्। ललितपुरको लाविम महल, भक्तपुरको भाटभटेनीस्थित क्यूएफएक्स, बानेश्वरको आईएनआईलगायत हलका केही शो हाउसफुल भइसकेका छन्।

काठमाडौंको सिभिल महललगायतका हलमा पनि ठूलो संख्यामा टिकट बिक्री भइरहेको छ। रिलिजको २४ घण्टा अगाडि नै शो हाउसफुल हुनु र धेरै अग्रिम बुकिङ हुनु चलचित्रको राम्रो व्यापार गर्ने संकेत हो।

अग्रिम बुकिङ राम्रो हुँदा मल्टिप्लेक्स सिनेमा हलहरूले शो थप्न थालेका छन्। काठमाडौँमा क्यूएफएक्सले दुई शो थपिसकेको छ। शो खोल्दा काठमाडौंमा क्यूएफएक्सले २९ शो दिएकोमा अहिले ३१ शो छ।

तुलनात्मक रूपमा अग्रिम बुकिङ जुन चलचित्रको राम्रो छ, अरुको शो घटाएर उसलाई हलहरूले शो थप्दै जान्छन्। यो चलचित्रलाई देशभर करिब दुई सय शो प्राप्त भएको छ।

यो फिल्म हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले निर्माण गरेको हो। यस फिल्मको मुख्य भूमिकामा सिताराम कट्टेल (धुर्मुस) छन्।  कुमार कट्टेलले निर्देशन र लेखन रहेको फिल्ममा सितारामसहित विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय  छ।

जेपिटी क्रियसनको ब्यानरमा बनेको सिनेमाका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सह–निर्माताका रूपमा रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad