कारोबार


सर्वसाधारणले बैंक तथा वित्तीय संस्थाबाट सुन धितो राखेर ५० लाखसम्म कर्जा लिन पाउने

सर्वसाधारणले बैंक तथा वित्तीय संस्थाबाट सुन धितो राखेर ५० लाखसम्म कर्जा लिन पाउने

नेपालखबर
असोज २३, २०८१ बुधबार १२:४५, काठमाडौँ

सर्वसाधारणले बैंक तथा वित्तीय सस्थामा सुन धितो राखेर अधिकतम ५० लाख रुपैयाँसम्म कर्जा लिन पाउने भएका छन्। 

नेपाल राष्ट्र बैंकले (क), (ख) र (ग) वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन २०८० मार्फत सुन चाँदी धितोमा एकल ग्राहक कर्जा सीमा ५० लाख रुपैयाँ कायम गरेको हो। 

यसअघि एकल कर्जा सीमा कायम गरिएको थिएन। बैंकले यसअघि प्रवाह भएको कर्जाको हकमा समेत २०८३ असार मसान्तसम्म एकल ग्राहक कर्जा सीमा कायम गरिसक्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ। 

एकीकृत निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले कुनै व्यक्तिलाई सुनचाँदी धितो कर्जा प्रवाह गर्दा त्यस्तो ऋणीले धितोस्वरुपमा दिएको सुन वा चाँदी जाँच गरी कर्जा सुरक्षित रहेको एकीन गरेर मात्र कर्जा प्रवाह गर्नुपर्ने उल्लेख गरेको छ। 

यसरी कर्जा प्रवाह गर्दा ऋणीले धितोस्वरुपमा दिएको सुन वा चाँदी एउटै थैलीमा राखिएको हुनुपर्नेछ। यदि ऋणीले दिएको एकभन्दा बढी थैलीहरु वा एकभन्दा बढी थैलीहरु राखिएको एउटा थैलीमात्र धितो राखी वा सुनचाँदीको परीक्षण जाँच नगरी सुनचाँदी धितो कर्जा प्रवाह भएमा त्यस्तो कर्जामा शतप्रतिशत कर्जा नोक्सानी गर्नुपर्ने समेत व्यवस्था गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad