बैंक तथा वित्तीय संस्थाले सेयर लगानीकर्तालाई दिने सेयरधितो कर्जाअन्तर्गत मार्जिन कलमा हुने कर्जा असुलीसम्बन्धी व्यवस्था प्रोडक्ट पेपरमै उल्लेख गर्नुपर्ने भएको छ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन २०८० जारी गर्दै इजाजत प्राप्त संस्थाले मार्जिन कल गर्ने तथा थप सुरक्षण नराखेमा सेयर विक्री गरी असुलउपर गर्नेसम्बन्धी व्यवस्था स्पष्ट रुपमा सम्बन्धित प्रोडक्ट पेपरमा उल्लेख गर्न निर्देशन दिएको हो।
सेयरको बजार मूल्यमा हुने परिवर्तनको कारणले सेयर धितो सुरक्षणको मूल्यमा कमी आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले सोको मूल्य अनुगमन गरी थप धितोको लागि ऋणी ग्राहकलाई सूचित गर्नेछन्।
राष्ट्र बैंकले मार्जिन कल गर्दा उक्त सेयरमा प्राप्त हुने एकीन भएको हकप्रद र बोनस सेयरहरुमा सूचीकरण नभएको अवस्थामा समेत धितोमा राखिएको सेयर संख्यामा गणना गर्नसक्ने व्यवस्था गरेको छ।
Shares

प्रतिक्रिया