सिभिल बैंक लिमिटेडले नाफामा उच्च वृद्धि गरेको छ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको नाफामा १६२ दशमलव ३६ प्रतिशतले वृद्धि भएको हो।
हिमालयन बैंकसँग मर्जरमा जान लागेको यस बैंकले नाफामा छलाङ हाल्दै गत आर्थिक वर्षमा १ अर्ब ३८ करोड रुपैयाँ नाफा गरेको हो। अघिल्लो आर्थिक वर्षमा जम्मा ५२ करोड रुपैयाँ नाफा गरेको थियो।
सिभिल बैंकले गत आर्थिक वर्षमा बैंकले गत आवमा ९६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ८७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।
बैंकको वितरण योग्य नाफा एक अर्ब रुपैयाँ देखिएको छ। बैंकको प्रति सेयर आम्दानी १५ दशमलव २६ रुपैयाँ पुगेको छ।
साउन २१, २०७९, शनिबार
78
Shares
प्रतिक्रिया