ad ad

ग्लोबल


भारतमा उपराष्ट्रपति चयनका लागि मतदान

भारतमा उपराष्ट्रपति चयनका लागि मतदान

नेपालखबर
साउन २१, २०७९ शनिबार १२:२, नयाँ दिल्ली

भारतमा उपराष्ट्रपति चयनका लागि शनिबार मतदान भइरहेको छ।

सबैभन्दा पहिले प्रधानमन्त्री नरेन्द्र मोदीले मतदान गरेर मतदान प्रक्रिया सुरु भएको अधिकारीहरूले जनाएका छन्। उपराष्ट्रपतिको चयन संसदबाट हुने भएकोले संघीय संसद्‌मा मतदान भएको हो।   

उपराष्ट्रपति चयनका लागि मतदान गर्न लोक सभा र राज्य सभाका सबै सांसद तथा मनोनित सदस्यहरू योग्य मानिन्छन्।

स्थानीय समयअनुसार बिहान १० बजे सुरु भएको मतदान बेलुका ५ बजेसम्म चल्ने अधिकारीहरूले जानकारी दिएका छन्। मतगणना शनिबार नै गरेर नतिजा पनि सार्वजनिक हुने बताइएको छ। 

नवनिर्वाचित उपराष्ट्रपतिलाई सपथ खुवाउने कार्यक्रम भने आगामी अगस्ट ११ मा मात्रै गराइने तालिका छ। 

सन् २०१७ मा निर्वाचित वर्तमान उपराष्ट्रपति एम बेकैया नायडुको कार्यकाल अगस्ट १० मा सकिने भएकाले नवनिर्वाचित उपराष्ट्रपतिलाई अगस्ट ११ मा शपथ खुवाइने भएको हो। 

नयाँ उपराष्ट्रपतिका लागि विपक्षी दलका तर्फबाट मार्गरेट अल्भालाई उम्मेदवार बनाइएको छ भने सत्तारुढ दलका तर्फबाट भारतीय जनता पार्टीका शीर्ष नेता जगदिप धनकरलाई उठाइएको छ। 

उनी व्यावसायिक हिसाबले वकिल हुन् भने यसअघि पश्चिम बंगालको गभर्नर भएका थिए। सन् २०१९ मा गभर्नरमा नियुक्त धनकरले मुख्यमन्त्री ममता बेनर्जीसँगको चिसो सम्बन्धका कारण राजीनामा दिएका थिए। 

भारतको संविधानअनुसार उपराष्ट्रपति देशको दोस्रो ठूलो पद हो। रासस/एएनआई 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .