कारोबार


घट्यो भरतपुर महानगरको बजेट, आगामी वर्षका लागि ५ अर्ब १९ करोड (पूर्णपाठ)

घट्यो भरतपुर महानगरको बजेट, आगामी वर्षका लागि ५ अर्ब १९ करोड (पूर्णपाठ)

नेपालखबर
असार ८, २०८२ आइतबार १४:२८, काठमाडौँ

भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि चालू आर्थिक वर्षभन्दा कम बजेट विनियोजन गरेको छ। 

चालू आवका लागि ५ अर्ब ४६ करोडको बजेट ल्याएको महानगरले आगामी वर्षका लागि ५ अर्ब १९ करोड ७१ लाख ६६ हजार रुपैयाँको बजेट ल्याएको हो। 

यसको लागि आयतर्फ आन्तरिक आय १ अर्ब ८० करोड (घरजग्गा रजिस्ट्रेसन एवं खानी तथा खनिजजन्य पदार्थको बाँडफाँटबाट प्राप्त समेत), अन्तर्सरकारी वित्तीय हस्तान्तरणबाट २ अर्ब १५ करोड ७६ लाख २५ हजार, संघ राजस्व बाँडफाँटबाट ३१ करोड ९१ लाख तथा बागमती प्रदेश सरकारको राजस्व बाँडफाँटबाट १४ करोड ४ लाख ४१ हजार गरी जम्मा ४५ करोड ९५ लाख ४१ हजार, जनसहभागिता÷श्रमदानबाट ५ करोड बैंक मौज्दात ७० करोड, सडक बोर्ड नेपालबाट ३ करोड रहने महानगरको प्रक्षेपण छ। 

त्यस्तै सामाजिक सुरक्षालगायत अन्तर्सरकारी अख्तियारी शीर्षकमा अनुमानित १ अर्ब ३५ करोड रहने प्रक्षेपण छ। यसलाई अन्तर्सरकारी अख्तियारी शीर्षकबाट नै खर्च तथा लेखांकन साथै प्रतिवेदनमा प्रबन्ध गरिने महानगरले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad