इलेक्ट्रिक दुईपाङ्ग्रे सवारी ब्रान्ड याडिया नेपालले ग्राहकहरूका लागि मनसुन साटफेर अफर ल्याएको छ।
यो विशेष अफर साउन १० देखि १५ गतेसम्म नेपालभरका याडिया शोरूमहरूमा सञ्चालन हुने कम्पनीले जनाएको छ।
अफरअन्तर्गत ग्राहकहरूले १० हजार रुपैयाँसम्म नगद छुट वा आफ्नो दुईपाङ्ग्रे सवारी एक्सचेन्ज गर्दा थप एक्सचेन्ज भ्यालुएसन प्राप्त गर्न सक्नेछन्।
साथै, रेनकोट र हेल्मेट पनि प्रदान गरिनेछ। ग्राहकलाई खरिद प्रक्रिया थप सहज बनाउन शून्य प्रतिशत ब्याजदरमा सजिलो फाइनान्स सुविधा समेत उपलब्ध गराइएको छ।
मनसुनको समयमा ग्राहकलाई थप सुविधा र मूल्य प्रदान गर्दै जुनसुकै ब्रान्डको दुईपाङ्ग्रे सवारीलाई आधुनिक इलेक्ट्रिक स्कुटरमा सहज रूपमा अपग्रेड गर्न प्रोत्साहन गर्ने उद्देश्यले यो अफर ल्याइएको कुजु नेपाल (याडिया) ले जनाएको छ।
Shares

प्रतिक्रिया