ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय मातहतका दुई विभागका हाकिम हेरफेर गरेका छन्।
श्रेष्ठले विद्युत् विकास विभाग र जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशक फेरेका हुन्।
मन्त्रीस्तरीय बैठकबाट मन्त्री श्रेष्ठले मन्त्रालयका दुई सहसचिव सागरराज गौतमलाई विद्युत् विकास विभाग र डा. महेश्वर श्रेष्ठलाई जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशकमा सरुवा गरिएको छ।
गौतम मन्त्रालयको विकास सहायता तथा प्रादेशिक समन्वय महाशाखा र श्रेष्ठ कार्यक्रम, बजेट तथा अनुगमन महाशाखामा कार्यरत थिए।
विद्युत् विकास विभागकी महानिर्देशक मनदेवी श्रेष्ठ र जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मित्र बराललाई मन्त्रालय तानिएको छ।
165
Shares

प्रतिक्रिया