नेपालमा सुजुकी अटोमोबाइल्सको अधिकृत वितरक सीजी मोटोकर्प प्रालिले सुजुकी ई–भिटाराको सबै भेरियन्टको मूल्य घटाएको छ।
कम्पनीले चारवटा भेरियन्टमा १ लाख रुपैयाँ मूल्य कटौतीको घोषणा गरेको हो।
सरकारले ब्याट्री इलेक्ट्रिक सवारीसाधन (बीईभी) मा भन्सार महसुल तथा कर दरमा परिवर्तन गरेको थियो। सोसँगै सीजीले मूल्य घटाएको जनाएको छ।
यसअनुसार ई–भिटारा डेल्टा (४९ केडब्लुएच÷१०८ केडब्लु) को बजेटपछिको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ राखिएको छ। यो मूल्यमा १ लाख कममै ग्राहकले पाउनेछन्। यो गाडीको अधिकतम खुद्रा मूल्य ५२ लाख ९९ हजार छ।
सोहीअनुसार ५७ लाख ९९ हजार रुपैयाँको जेटा भेरियन्ट ५२ लाख ९९ हजार, ६३ लाख ९९ हजार पर्ने अल्फाको ५८ लाख ९९ हजार र ६४ लाख ४९ हजारको अल्फा डीटीको ५९ लाख ४९ हजार रुपैयाँ राखिएको छ। यसमा १÷१ लाख छुट पाइने कम्पनीले जनाएको छ।
यो मूल्य पहिलो १०० बुकिङका लागि मात्र र सीमित अवधिका लागि लागू हुने कम्पनीले जनाएको छ।
सीजी मोटोकर्पका प्रबन्धनिर्देशक करण चौधरीले सरकारले ईभीलाई थप सुलभ बनाउने ठाउँ सिर्जना गरेकाले कम्पनीले यसलाई ग्राहकसम्म विना कटौती पु¥याउने प्रयास गरेको बताए।
Shares

प्रतिक्रिया